ओसाका, जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद जापानको २०२५–२०२७ कार्यकालका लागि कार्यसमिति विस्तार गरिएको छ। सोही क्रममा कानसाई क्षेत्रका निवर्तमान उप–संयोजक श्री टीआर गौडेललाई ‘केन्द्रीय सदस्य’ पदमा मनोनित गरिएको छ।
संघले गौडेलको लामो समयदेखिको विशेष कार्यक्षमता, समाजसेवाप्रतिको समर्पण र योगदानलाई उच्च मूल्याङ्कन गर्दै उक्त जिम्मेवारी सुम्पिएको हो। जापानको ओसाकामा बसोबास गर्दै आएका गौडेल लामो समयदेखि नेपाली समुदायको सेवामा सक्रिय रहँदै आएका छन्। व्यवसायिक क्षेत्रमा अब्बल मानिनेजस्ता गौडेल सामाजिक सेवामा पनि अग्रसर रहँदै आएका छन्।
उनले एनआरएनए तथा विभिन्न सामुदायिक कार्यक्रममा निरन्तर सक्रिय सहभागिता जनाउँदै आएका छन्। नवनिर्वाचित केन्द्रीय सदस्य गौडेललाई विभिन्न संघ–संस्था र नेपाली समुदायका तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।
प्रतिक्रिया