काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले जेन्जी उमेर समूहका सांसदहरूसँग विशेष अन्तरक्रिया सुरु गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेरअघि छलफल सुरु भएको हो ।बैठकमा मुख्यगरी नवीनतम प्रविधि र डिजिटल सुशासन, युवा स्वरोजगार तथा स्टार्टअप नीति, प्राविधिक शिक्षा र सर्वसुलभ स्वास्थ्य सेवा, एवम् वातावरणीय सन्तुलनसहितको दिगो विकासका विषयमा गहन छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया