ओसाका, जापान — जापानमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै “सेफ्टी लाइफ सेमिनार” आयोजना गरिने भएको छ। खुसी उरेशी सोसाइटी जापानको आयोजनामा हुने उक्त सेमिनार आगामी मे २८, बिहीबार दिउँसो ४ बजेदेखि सञ्चालन हुने आयोजकले जनाइएको छ। आयोजकका अनुसार सेमिनारमा जापानमा बसोबास गर्ने नेपाली विद्यार्थी, दक्ष कामदार, जापानमा बस्ने परिवार सहति बस्ने नेपालीहरूसँग सम्बन्ध राख्ने जापानी नागरिकहरूलाई लक्षित गरिएको बताइएको छ ।
कार्यक्रममा नेपाली भाषामै अनुवादको व्यवस्था समेत गरिने र प्रवेश समेत निःशुल्क राखिएको छ। सेमिनारमा साइकल सम्बन्धी ट्राफिक नियम, जापानी कानुन तथा नियमहरू, आपतकालीन प्रकोप र त्यसबाट बच्ने उपायका विषयमा जानकारी दिइनेछ। साथै सहभागीहरूको जिज्ञासाको समाधानका लागि प्रश्नोत्तर कार्यक्रम पनि राखिएको आयोजकले जनाएको छ।
कार्यक्रममा ओसाका प्रिफेक्चरल प्रहरी कार्यलय तथा आबेनो प्रहरी स्टेशनका कर्मचारीहरूले सहजीकरण गर्नेछन्। सेमिनार ओसाका को आबेनो स्थित आबेनोसुजी, बेल्टा सलोन” मा आयोजना हुनेछ।
प्रतिक्रिया