images

दशैं लागेसँगै सेयर बजारमा उत्साह, कारोबार रकम भने खुम्चियो

काठमाडौं । दशैं सुरु भएसँगै सेयर बजार बढ्न लागेको छ । असोज मसान्तमा बैंक ब्याज तिर्न र दशैंमा खर्च व्यवस्थापन गर्न सेयर बिक्रीको चाप आउँदा पछिल्लो केही दिन यता लगातार घटेर सोमबार १८५१.४३ को विन्दुमा झरेको नेप्से मंगलबार र बुधबार लगातार दुई कारोबार दिन बढेको हो ।

नेप्सेमा लगातार दोस्रो दिन पनि वृद्धि हुँदा १९०० को विन्दु नाघेर बन्द भएको छ ।बुधबार बजार परिसूचक नेप्से ४३.२७ अंकले वृद्धि हुँदा १९०७.८९ को विन्दुमा बन्द भएको हो ।बुधबार सबै उपसूचकमा हरियाली छाउँदा बैंकिङ क्षेत्रमा नै आकर्षण देखिएको छ ।

निर्जीवन बीमा उपसूचक सर्वाधिक २.८७ प्रतिशतले वृद्धि हुँदा विकास बैंक उपसूचक २.७६ प्रतिशत, हाइड्रोपावर उपसूचक २.५३ प्रतिशत र बैंकिङ उपसूचक २.४६ प्रतिशत बढेर बन्द भएको छ ।

नेप्सेमा हरियाली देखिएपनि दशैं लाग्दा लगानीकर्तामा सक्रियता घटेको छ । जसले बुधबार कारोबार रकम पनि घटेको छ ।

बिहीबार २ कात्तिक २०८० ०७:०३ AM मा प्रकाशित

प्रतिक्रिया