ओसाका, जापान। धादिङ समाज कान्साई, जापान द्वारा फेब्रुअरी २१ तारिक शनिबार विशेष बाबिक्यू कार्यक्रम आयोजना गरिने भएको छ। आपसी चिनजान, मित्रता तथा सामाजिक सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको समाजका अध्यक्ष विकास अधिकारीले जानकारी दिए ।
कार्यक्रम फेब्रुअरी २१, शनिबार बिहान १०:०० बजेदेखि साँझ ८:०० बजेसम्म सञ्चालन हुनेछ। बाबिक्यू कार्यक्रम ओसाकाको हातोरी योगुची पार्कमा आयोजना गरिनेछ।
सहभागिताका लागि शुल्क पुरुषका लागि ३,५०० येन र महिलाका लागि ३,००० येन तोकिएको छ। कार्यक्रममा धादिङबासीसहित कान्साई क्षेत्रमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई समयमै उपस्थित भई कार्यक्रमलाई सफल बनाउन आयोजकले हार्दिक अनुरोध गरेको छ।
समाजले यस्ता कार्यक्रमले समुदायबीचको एकता, सहकार्य र आत्मीयता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास समाजका अध्यक्ष अधिकारीले व्यक्त गरेको छ।
प्रतिक्रिया