काठमाडौं । आइसिसी महिला यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताबाट नेपाल बाहिरिएको छ । बुधबार भएको समूहचरणको अन्तिम खेलमा उपाधि दाबेदार अष्ट्रेलियासँग ८३ रनको फराकिलो हार व्यहोर्दै नेपालले विश्वकप यात्रा टुंग्याएको हो ।
मलेसियाको बाङ्गीस्थित यूकेएल क्रिकेट ओभलमा बुधबार भएको खेलमा नेपाल अष्ट्रेलियासँग ८३ रनले पराजित भएको हो ।
यससँगै नेपालको प्रतियोगितामा यात्रा समाप्त भएको छ । समूह चरणमा नेपालले एउटा खेल पनि जित्न सकेन ।
अष्ट्रेलियाले दिएको १४० रनको लक्ष्य पछ्याएको नेपालले पूरै ओभर खेलेर ८ विकेटको क्षतिमा ५६ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि कप्तान पूजा महतोले १८ रन बनाइन् । अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।
अष्ट्रेलियाका लागि हसरत गिल र जुलियट मोर्टनले २–२ विकेट लिइन् । यसअघि अष्ट्रेलियाले पूरै २० ओभर खेलेर ६ विकेटको क्षतिमा १३९ रन बनाएको थियो ।
प्रतिक्रिया