images

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा प्रतितोला एक हजार ७०० रुपैयाँले बढेको हो ।बुधबार १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोवार भएको छापावाला सुन आज प्रतितोला १ लाख ९१ हजार ५०० रुपैयाँमा कारोवार भैइरहेको छ ।  यसैबीच चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ९९० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर २ हजार २५ रुपैयाँ कायम भएको हो ।
 

बिहीबार ९ जेठ २०८२ ०३:३१ PM मा प्रकाशित

प्रतिक्रिया