ओसाका, जापान। गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् जापानको आगामी कार्यकालका लागि अध्यक्ष पदमा सिद्धार्थ श्रेष्ठले उम्मेदवारी घोषणा गर्नू भएको छ।
सन् २०१७ देखि लगातार रुपमा एक कार्यकाल मानार्थ सदस्य, एक कार्यकाल प्रवक्ता, एक कार्यकाल महासचिव र अर्को एक कार्यकाल उपाध्यक्ष भएर गैर आवासीय नेपाली महासंघ (एनआरएनए) जापानको उद्देश्य परिपूर्तिमा दत्तचित्त भई लागेका श्रेष्ठ अबको एक कार्यकाल अध्यक्ष भएर कार्य गर्ने चाहनालाई जापानवासी नेपालीहरुले खुशीसाथ अनुमोदन गर्ने विश्वासमा हुनुहुन्छ।
हाल एनआरएनए जापानका उपाध्यक्ष रहेका श्रेष्ठले सामाजिक क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएका आयुनु भएको छ । प्रष्ट र खरो विचार राख्ने श्रेष्ठ सामाजिक संघ संस्थामा हुने विकृति र व्यथितिप्रति सधै खरोरुपमा प्रस्तुत भइ सुधारका लागि कटिबद्ध रहने व्यक्तिकारुपमा परिचित हुनुहुन्छ।
श्रेष्ठले आफू सधैं कामलाई प्राथमिकतामा राख्ने, बाचा होइन व्यवहारमा विश्वास गर्ने व्यक्ति भएको उल्लेख गर्दै सामाजिक अभियानमा दिएको समय, निरन्तरता र योगदानका आधारमा एनआरएनए जापानलाई अझ चुस्त, पारदर्शी र जिम्मेवार बनाउन नेतृत्व लिनुपर्छ भन्ने महशुस गरि उम्मेदवारी दिएको घोषणा गर्नू भएको हो।
जापान प्रवेश गरेसंगै जापाामा रहेको नेपालीहरुको सुःख दुःखमा सहभागी हुँदै आउनु भएका श्रेष्ठ अनुशासित र परिपक्व ब्यवहारका हिमायती रुपमा चिनिनुहुन्छ, जापानमा रहेका नेपालीहरुलाई सधैभरि लगनशील भएर आफ्नो उद्देश्यमा लागिरहन प्रेरित गर्ने समाजसेवीको रुपमा परिचय बनाउनु भएको छ।
एनआरएनए जापानको १२ औं महाधिवेशन यही जुलाई २० तारिख आइतबार भै सकेको छ भने जुलाई २७ मा आगामी कार्यकालको लागि निर्वाचन तय गरिएको छ ।
प्रतिक्रिया