काठमाडौं - राम्रो स्वास्थ्यको लागि, हामीलाई प्रायः स्वस्थ खाना खाने सल्लाह दिइन्छ। जसमा हामीले ताजा फलफूललाई प्राथमिकतामा राख्छौं। यसलाई सिधै खानुका साथै यसको जुस पिउनु पनि राम्रो हुन्छ तर गलत तरिकाले सेवन गरेमा स्वस्थ देखिने चीजले पनि हानि पु¥याउन सक्छ । वास्तवमा यस्ता धेरै फलफूल छन् जसलाई सँगै वा मिलाएर खानु हुँदैन किनभने त्यसो गर्दा तपाईलाई मृगौला रोग र पेटमा ग्यासको समस्या लगायत धेरै रोगको सिकार हुन सक्नुहुन्छ ।
अम्बा र केराः हामी प्रायः अम्बा र केरालाई एकसाथ मिसाएर फलफूलको सलादको रूपमा खान रुचाउँछौं । जतिसुकै स्वादिलो किन नहोस् तर स्वास्थ्यको हिसाबले यो निकै खतरनाक हुनसक्छ। यसले ग्यास, टाउको दुख्ने र वान्ता हुने जस्ता समस्या हुन सक्छ । त्यसैले दुवै फलफूल केही घण्टाको अन्तरमा मात्र खानुहोस्।
दूधमा यी फलफूल मिसाउनु हुँदैनः फलफूलमा मिसाएर अन्य धेरै चीजहरू नखान सल्लाह दिइन्छ। तीमध्ये एक हो दूध, तर विशेषगरी सुन्तला र भुइँ कटहरलाई दूधमा मिसाएर खानु निकै हानिकारक हुन्छ। यसले इन्फेक्सन, टाउको दुख्ने र अपचको समस्या निम्त्याउन सक्छ।
सुन्तला र गाजरः सुन्तला र गाजरको मिश्रण स्वास्थ्यका लागि जोखिमपूर्ण हुने गर्दछ । कसै–कसैलाई गाजरको जुसमा सुन्तलाको जुस मिसाएर पिउन मन लाग्छ, यसले मृगौलामा नराम्रो असर गर्ने गर्दछ। त्यसो नगर्नुहोस्।
मेवा र कागतीः धेरैलाई फलफूलमा कागतीको रस मिसाउन मनपर्छ। मेवा र कागती दुवै पाचनका लागि राम्रो हुन्छन् तर यो एकसाथ खतरनाक संयोजन बन्छ। जसले शरीरमा हेमोग्लोबिनको असंतुलन र एनीमिया निम्त्याउन सक्छ।