images

एक हजार एक सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एक हजार एक सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाल सुनको मूल्य तोलामा एक लाख ९० हजार चार सय रुपैयाँ कायम भएको हो ।
यसअघि बिहीवार छापावाल सुन तोलामा १ लाख ९१ हजार पाँच सय रुपैयाँ कायम भएको थियो ।यस्तै चाँदीको मूल्य पनि घटेर २ हजार ५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

शुक्रबार​ १० जेठ २०८२ १२:३० PM मा प्रकाशित

प्रतिक्रिया