ओसाका जापान। दोलखा समाज जापान कान्साई क्षेत्रीय समितीको प्रथम साधारण सभा तथा दोस्रो अधिवेशन यहि मार्च १ तारिख ओसाकामा हुने भएको छ।
समाजका अध्यक्ष अन्जान कुमार बस्नेतका अनुसार, विभिन्न पेशा व्यवसाय र अध्ययनका शिलशिलामा जापानमा रहेका दोलखालीहरुको छाता संगठन दोलखा समाज जापान क्षेत्रीय समिती कान्साईको अधिवेशन तथा साधारण सभा मार्च १ तारिक शनिबार कोको प्लाजा सिनओसाकाको सेन्टर हलमा दिउँसो ११ बजेबाट हुनेछ ।
जापानमा रहनु भएका सम्पुर्ण दोलखाली बुवा आमा दाजुभाई दिदीबहिनीहरु लाई अधीवेशनको दिन उपस्थीत भई सब्य र भब्य तबरबाट कार्यक्रम सम्पन्न गराउँन सहयोग गर्नुहुन क्षेत्रीय समीती कान्साईका अध्यक्ष बस्नेतले जानकारी दिनुभएको छ ।
अधिवेशनले आगामी कार्यकालको लागि नयाँ कार्य समिति समेत चयन गर्ने छ ।