images

दोलखाली समाज दक्षिण कोरियाको ७औँ अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति चयन

दक्षिण कोरिया । दक्षिण कोरियामा क्रियाशील दोलखाली समाज दक्षिण कोरियाको ७औँ अधिवेशन सम्पन्न भई नयाँ कार्यसमिति चयन गरिएको छ। अधिवेशनबाट यज्ञ बहादुर खड्का अध्यक्षमा निर्वाचित भएका छन्।

नवनिर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा देवराज दाहाल, उपाध्यक्षमा भगवान तिवारी, महासचिवमा दिपेन्द्र खुलाल, सचिवमा सन्तोष थापा तथा कोषाध्यक्षमा सुमन कार्की चयन भएका छन्।

त्यसैगरी सदस्यहरूमा त्रिकास तामाङ, अबिरल राउत, रामेश्वर थापा, भुवन खत्री र मनिषा बस्नेत निर्वाचित भएका छन्। नवनिर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई हार्दिक बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ। समाजले आगामी दिनमा दक्षिण कोरियामा रहेका दोलखालीहरूबीच एकता, सहकार्य र सामाजिक सेवाका कार्यलाई अझ प्रभावकारी रूपमा अघि बढाउने विश्वास व्यक्त गरिएको छ।

आइतबार​ १० जेठ २०८३ ०५:५२ PM मा प्रकाशित

प्रतिक्रिया