images

नेपाल तामाङ समाज जापानको १० औं महाधिबेशन सम्पन्न, गिर बहादुर घिसिङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

टोकीयो । नेपाल तामाङ समाज जापानको १० औं महाधिबेशनबाट २०२६–२०२८ कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरिएको छ । टोकीयोमा सम्पन्न निर्वाचनबाट २८ सदस्यीय नयाँ नेतृत्व चयन भएको हो।

निर्वाचनबाट अध्यक्षमा गिर बहादुर घिसिङ चयन भएका छन् भने वरिष्ठ उपाध्यक्षमा तेज बहादुर घिसिङ निर्वाचित भएका छन् । यस्तै उपाध्यक्षहरूमा ललिता तामाङ, अष्ट माया तामाङ, सुमाया तामाङ ताम्बा, कर्म दोर्जे तामाङ तथा नागी माया तामाङ चयन भएका छन् ।

महासचिवको जिम्मेवारी देवेन्द्र तामाङले पाएका छन् । सचिव पदमा मनिता मोक्तान, प्रकाश दुलाल, सागर पाख्रिन तामाङ, राजेन्द्र लामा तथा विशाल जिम्बा निर्वाचित भएका छन् ।

कोषाध्यक्षमा लक्ष्मी वाइबा मोक्तान चयन हुँदा सह(कोषाध्यक्षमा निम तामाङ र रञ्जिना तामाङ निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरूमा कुमार लामा, रोहित लुङ्बा, सुमित लामा, मिलन लामा, सुजित लामा, सुमित्रा तामाङ, निम बहादुर तामाङ, प्रशान्त तामाङ, विकास घिसिङ तामाङ, प्रज्वल घिसिङ, सुरज तामाङ तथा अर्जुन तामाङ चयन भएका छन् ।

नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिँदै संस्थाका सदस्यहरूले आगामी कार्यकाल सफल र उपलब्धिमूलक बन्ने विश्वास व्यक्त गरेका छन् ।

सोमबार ११ जेठ २०८३ ०६:१७ PM मा प्रकाशित

प्रतिक्रिया