विराटनगर । मध्यपूर्वमा जारी युद्धका कारण निर्माण उद्योगमा प्रयोग हुने डिजेल, पेट्रोल, मट्टितेल लगायतका इन्धन सामाग्रीहरूमा पटक पटक भइरहेको अत्यधिक एवं अप्रत्याशित मूल्यवृद्धिले गर्दा निर्माण उद्योग ठप्प हुने स्थितिमा पुगेको प्रति यस प्रदेश महासंघ नेपाल सरकार सहित सम्बन्धित सबै निकायको पुनः गम्भीर ध्यानाकर्षण गराउँदछ । इन्धनजन्य सामाग्रीहरू सहित निर्माण कार्यमा व्यापक प्रयोग हुने विटुमिन, सिमेण्ट, डण्डी लगायतका निर्माण सामाग्रीहरूमा समेत निरन्तर भइरहेको अप्रत्याशित एवं अत्यधिक मूल्यवृद्धि र वजारमा ती सामाग्रीहरूको अभावले निर्माण उद्योग लगभग ठप्प हुने स्थितिमा पुगेको छ। भौतिक पूर्वाधार क्षेत्रमा आएको यस किसिमको 'सुनामी' का कारण मुलुकको समग्र अर्थतन्त्रमा गम्भीर असर देखिन शुरु भइसकेको छ । निर्माण उद्योगको यस्तो विकराल परिस्थितिका विषयमा यस महासंघले बारम्बार नेपाल सरकार लगायतका निकायहरूमा पत्राचार गरेतापनि समस्या समाधान हुने गरी अहिले सम्म केही कार्यान्वयन नभएको व्यहोरा अवगत गराउँदछौ । समस्या समाधानका लागि ठोस पहल नगरी नेपाल सरकारले करीव दुई महिनादेखि लगातार मौखिक आवश्वासन मात्र दिएका कारण पूर्वाधार क्षेत्रका निर्माण व्यवसायीहरू र सोमा आवद्ध लाौं श्रमीकहरू तथा यस क्षेत्रसँग सम्बन्धित अन्य उद्योग आर्थिक रुपमा धराशायी भएका छन् । ठेक्काको मूल्य समायोजन राष्ट्र बैंकको मूल्य सूचकाङ्क अनुसार हुने भएकाले वजारमा निर्माण सामाग्रीहरूको अत्याधिक मूल्यवृद्धि भएतापनि राष्ट्र बैंकको इन्डेक्समा उक्त सामाग्रीहरूको मूल्य घटेको देखाइने प्रवृत्तिका कारण निर्माण उद्योग थप पीडामा परेको छ। निर्माण कार्य तीव्र रुपमा हुने अहिलेकै समयमै इन्धन सामग्रीहरू सहित निर्माण सामाग्रीहरूमा निरन्तर भइरहेको अत्यधिक मूल्यवृद्धि एवं अभावले निर्माण व्यवसायीहरूलाई लामो समय सम्म ठूलो आर्थिक भार परी निर्माणाधीन आयोजनाहरूको भविष्यमै गम्भीर प्रश्न खडा भइसकेको छ। इन्धन सामग्रीहरूमा भएको निरन्तरको मूल्यवृद्धि तथा निर्माण सामग्रीहरूको अभावमा राष्ट्रिय गौरवका आयोजनाहरू सहित मुलुकभरका अन्य साना ठूला सवै आयोजनाहरूको काम लगभग ठप्प भएको छ। अत प्रत्येक आयोजनामा मूल्यवृद्धि भए अनुरुप मूल्य समायोजनको मार्ग निर्देशिका-२ तत्काल जारी गर्न र सबै अवधिका ठेक्काको हकमा मूल्य समायोजनको व्यवस्था गरी मूल्यवृद्धिको समस्यावाट पीडित सबै निर्माण व्यवसायीहरूलाई तत्काल राहत दिन र निर्माण उद्योगलाई धराशायी हुनवाट बचाउन महासंघ सरकार समक्ष अपील गर्दछ । साथै अहिलेको गम्भीर परिस्थितिका कारण निर्माण आयोजनाहरू पूर्व निर्धारित समयमै सकिने कुनै सम्भावना नभएकाले बैंक ग्यारेण्टी, इन्सुरेन्स तथा थप क्षतिपूर्ति सहित सबै आयोजनाहरूको म्याद थपका लागि आवश्यक पहल गरिदिन यस प्रदेश महासंघ नेपाल सरकारका सबन्धित सवै पक्षहरू समक्ष महासंघका महासिचव रमेश कार्किले बताउनु भयाे ।ि
प्रतिक्रिया