images

अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्धको दिवस–‘जीवन बचाऔँ’

काठमाडौं । आज जुन २६ तारिख अथार्त् अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रमको आयोजना गरेर मनाइँदै छ । 
यस वर्ष ‘जीवन बचाऔँ’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस मनाउन लागिएको हो ।यो दिवस मनाउनुको एउटामात्र उदेश्य भनेको विश्व समुदायलाई लागुऔषधको असर र कारोबारबाट मुक्त गराउनु हो ।
आज नेपाल प्रहरीले एक कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध जनचेतना जगाउन सचेतनामूलक र्याली निकाल्दै छ । साथै,  प्रहरीले वर्षभरी नेपालका भएका घटनाको विवरण समेत सार्वजनिक गर्दै छ । यस्तै, सरोकारवाला अन्य निकायले समेत सचेतनामूलक विषयमा छलफल कार्यक्रम आयोगना गर्दै छन् । 
हरेक वर्षको जुन २६ तारिखलाई अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवसका रुपमा मनाउने निर्णय संयूक्तराष्ट्रसंघको सन् १९८७ को घोषणापत्रको ४२ को ११२ खण्डमा उल्लेख छ । 
विश्वमा अधिकांश लागुऔषधका प्रयोगकर्ता र कारोबारीहरु यूवा वर्ग नैरहेका छन् । राष्ट्रका निधि उनिहरुलाई लागू औषधको कुलत र अपराध कर्ममा संलग्न हुनबाट रोक्नु सभ्य समाजको निर्माणमा योगदान गर्नु हो । 
किनभने युवाहरु लागूऔषधको प्रयोगमा लागे भने उनिहरुलाई कुलतबाट छुटकरा दिलाउन अत्यन्त कठिन र जोखिमपूर्ण हुने गरेको मनोविज्ञहरुले धारणा राखेका छन् । 
विश्वमा पछिल्लो एक शताब्दीबाट लागुऔषधको कारोबार र त्यसको प्रयोग गर्नेको संख्या धेरै बढेको पाइन्छ । लागुऔषधको असन्तुलीत प्रयोगले मात्र विश्वमा हरेक वर्ष १लाख ९० हजार जनाको ज्यान जाने गरेको तथ्यांक छ । 
सन् २००१ मा भारतमा सरकार र अल ईण्डिया मेडिकल स्कुलले गरेको संयूक्त सर्वेक्षणले करिब ७ करोड २५ लाख मान्छेले लागुऔषधको प्रयोग गर्ने गरेको निष्कर्ष निकालेको थियो । त्यसको दुई दशक बढी समय बितिसक्दा उक्त संख्या दोब्बर भन्दा धेरै भएको अनुमान छ । 
खुल्ला सिमानाका कारण नेपालका सिमा क्षेत्रसँग जोडिएका जिल्लालागूऔषधको कारोबारबार गर्ने सुरक्षित स्थल जस्तै बन्दै गैरहेको पाइन्छ भने सिमा नाकाबाट दैनिक लागूऔषध कारोबार गर्नेलाई प्रहरीले नियन्त्रणमा लिने गरेको खबर सार्वजनिक भैरहन्छन् । यस्तै, त्यसको प्रयोगले एकातिर प्रयोगकर्ता प्राणघातक रोगका सिकार हुँने गर्दछन् भनेउनिहरु विभिन्न अपराधिक कार्यमा संलग्न हुँदा भविष्य नै जोखिममा परेको छ ।  अर्कातिर समाजमा अपराधिक गतिविधि बढ्दै गैरहेको पाइन्छ । नेपालमा पनिसन् १९६० पछि लागुऔषधको कारोबार र प्रयोग बढ्दै गैरहेको पाइन्छ । 
नेपालका विभिन्न शहरहरुमा स्थापना गरिएका सुधार केन्द्र र नेपाल प्रहरीको समाचार बुलेटिनले पनि धेरै हदसम्म उक्त कुराको पुष्टि हुन्छ । 
तसर्थ यो समस्या न्यूनिकरण गर्न तीनै तहका सरकार, परिवार, समुदाय र सरोकारवालाले यस विषयमा संवेदनशीलताका साथ हातेमालो गर्नुपर्ने देखिन्छ ।
 

बुधबार १३ असार २०८१ १०:५९ AM मा प्रकाशित

प्रतिक्रिया