काठमाडौँ - ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाहरूलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमती दिएको छ ।
काठमाडौं जिल्ला अदालतले पक्राउ परेकाहरूलाई थप सात दिन हिरासतमा राख्न प्रहरीलाई अनुमती दिएको हो ।
यो प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो–सीआईबीले हालसम्म २२ जनालाई पक्राउ गरेको छ ।