काठमाडौं । जनता समाजवादीपार्टी (जसपा) नेपालकाप्रचार प्रसार तथाप्रकाशनविभागप्रमुखपूर्ण बस्नेतले नेपाल सरकारले आजसम्म गरेका सन्धि, सम्झौताको अवस्थाबारे जनतालाई जानकारी गराउनमाग गरेका छन् । प्रधानमन्त्री केपीशर्मा ओलीको आसन्नचीनभ्रमणका दौरानविआरआइकार्यान्वयन सम्झौताहुनसक्ने चर्चाका माझप्रमुखबस्नेतले कतिपय सन्धि, सम्झौताहरु पुनरावलोकन गर्नुपर्ने र कतिपयखारेज गर्नुपर्ने अवस्थामा रहेको भन्दै आजसम्म गरिएका सम्पूर्ण सन्धि सम्झौताबारे समीक्षा गरेपछिमात्रमुलुकले थपकस्ताखाले सन्धि, सम्झौताहरु गर्नुपर्ने र के कस्ता सन्धि, सम्झौता गर्न नपर्ने भन्ने कुरा थाहाहुने बताएकाहुन् । ‘देशको कायापलटहुने भनेर गरिएका सन्धि, सम्झौतापनिथिए । आजसम्मभएका सन्धि र सम्झौताले देशको विकास र समृद्धि, सार्वभौमसत्ताको रक्षा, राष्ट्रियएकताको जगेर्ना गर्न कति सहयोग पुर्यायो त्यसबारे जनतालाई स्पष्टपार्नुपर्ने बस्नेतले बताए । कसको पालामाकुनकुनविषयमा के कति सन्धि, सम्झौताहरु भएकाछन् ती सबै सार्वजनिक गरियोस्,’ बस्नेतले भने । इमान्दारीपूर्वक भन्ने हो भने यो मुलुकमा सबैभन्दाखतरा कोहीसँग छ भने त्यो नेपाल सरकारसँग छ । सरकारले एकातिर आफ्नै मुलुकमामहङ्गी, भ्रष्टाचार र लुटको आतंकमच्चाउने गरेको छ । अर्कातिर अनेकौं सन्धि, सम्झौताकानाममाअन्यमुलुकहरुसँग प्राप्त गरेको ऋण, अनुदान र सहयोगलाई पनिकमिसन, भ्रष्टाचार, महङ्गी र लुटमा रुपान्तरण गर्ने कामगर्दछ, बस्नेतको आरोप छ । उनले भने, जनता सरकारसँग सतर्क रहनुपर्दछ । । सरकारलाई एकदमै नजिकबाटनिगरानी र खबरदारी गरिराख्ने र एकदमै खराब अवस्थामा रहेको देशको राजनीतिबाट देश र जनताले यथाशक्यनिकास पाउनअवस्थासिर्जना गर्नुपर्दछ ।
प्रतिक्रिया