images

प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्रपार्टी (रास्वपा) का सभापति रविलामिछानेले हिरासतमाभएको मौका छोपेर आफूविरुद्ध केहीमिडियाले गलतप्रचार गरिरहेको बताएकाछन् । 

काठमाडौं। प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्रपार्टी (रास्वपा) का सभापति रविलामिछानेले हिरासतमाभएको मौका छोपेर आफूविरुद्ध केहीमिडियाले गलतप्रचार गरिरहेको बताएकाछन् । पार्टीका प्रवक्तामनिषझासँगको भेटमा रविले आफू हिरासतमा रहेको मौकामा संगो राज्य र केहीमिडिया सुनियोजितभएर लागिरहेको बताएकाहुन् । जिल्लाप्रहरी कार्यालय, कास्कीको हिरासतमा रहेका रास्वपा सभापति रविलामिछानेको सन्देशःजस्तको त्यस्तै 

हिरासतकक्षमाभएको भेटमा रविलामिछानेले भन्नुभयो–
‘पहिलो कुरा, उक्तचेकसहितको सवालकालागि एकैछिन बुझ्नुपर्छ भनेको हुँ। पुरानो कुरा भएकाले बुझ्नदुई÷तीनकलवयानलिनेकै अगाडि गरेको पनिहुँ। सबै कलको समय जोड्दा ५ देखि ७मिनेट मात्रभयो होला। त्यतिन्जेल अरु सवालहरुमाकाम निरन्तर भयो। काम रोकिएको र त्यसैका कारणबयानमा समय लागेको कुरा गलतहो, झुटो हो।’ 
दोस्रो कुरा भन्दै उहाँले अगाडिभन्नुभयो–
‘मेरो जवाफमामैले यसो यसो भएको हुनुपर्छ तर मलाई अहिले यकिनभएन, लेखापरीक्षणप्रतिवेदनमापनिकतै नदेखिएकाले थपतथ्य अनुसन्धानअधिकारीलाई पछिजानकारी गराउँछु भनेर प्रष्ट रुपमाभनेको थिएँ। सहकारीबाटऋणलिने कुनै निर्णय कम्पनीले गरेको छैन। कार्यकारी अध्यक्षएवं लगानीकर्ता जिवी राईले ब्याजनलाग्ने ऋणलिएको ‘डिक्लेयर’ गरेका छन्। उनको निर्देशनमाकुनै चेकहरु काटिएको हुन सक्छ र त्यसकालागि चेकसँगैको ‘सपोर्टिङ डकुमेण्ट’ हेर्नुपर्ला। साथै, व्यस्तता र उपत्यकाबाहिरको भ्रमणहरुका कारणखाली चेकमा समेत हस्ताक्षर गरेर छोड्ने अभ्यास थियो। कतै दुरुपयोग पो भयो कि? जे भएपनि मैले व्यक्तिगत रुपमा र संस्थागत रुपमा समेत सहकारीबाटऋणलिएको छैन, सहकारीको ऋणको सावाँ, ब्याज, किस्तातिर्न भनीकुनै पत्र, सूचनाप्राप्तभएको वा सार्वजनिकभएको जानकारी छैन। त्यसैले प्रस्तुत चेकबारे ‘सपोर्टिङ’ कागजात हेर्नुपर्छ भनेर जवाफदिएको थिएँ।’
कम्पनीको जिम्मेवारी पूरा गर्दा पनिआफूमाथि निरन्तर अन्याय गरिएको भन्दै रविलामिछानेले भन्नुभयो–
‘तर यस प्रसंगलाई यसरी उचालिएको छ कि मानौं मैले सहकारीबाटऋणमागेको, लगेको, खाएको, मासेको प्रमाण नै फेलाप¥यो। गोर्खा मिडियाले सम्झौता गरेका कर्मचारी, कम्पनी, भेण्डर आदिलाई भुक्तानीदिनप्रदान गरिएका चेकहरुबारे तथाकार्यकारी अध्यक्षको निर्देशनपालना गरी भुक्तानी गरिएको बैंक, वित्तीय संस्था, कम्पनी, वाव्यक्तिकाहकमा मेरो जवाफदेहित रहन्छ। प्रचलितकम्पनीऐनबमोजिमगोर्खा मिडियाले तिरेको पैसाको जिम्मेवारी र जवाफदेहिताबाट मैले निमुखहुन्छु भनेको छैन, हुन्न। तर, सहकारीबाट पैसा ल्याउने कार्यमा मेरो संलग्नताथिएन, छैन। मैले गोर्खा मिडियाकाखाताहरु रहेको चेकमाहस्ताक्षर गरी भुक्तानीगर्दा कुन–कुन चेकले कुन–कुनकानूनको उलंघनभयो?आजपो सुप्रिम, सूर्यदर्शनजस्ता सहकारीका समस्या सार्वजनिकभयो। तीनवर्ष अगाडिलगानीकर्ताको निर्देशसनसँगै निश्चितविधि र प्रक्रिया पूरा गरी आएका बैंक, वित्तिय संस्था, सहकारी वाकुनै कम्पनीलाई दिइने चेकमाहस्ताक्षर गर्न किन सोच्नुपथ्र्यो र?’
निजीक्षेत्रमाभइरहेका अभ्याससहितआफूविरुद्ध गरिएको षड्यन्त्रबारे उहाँले भन्नुभयो–
‘निजीक्षेत्रविश्वासमाचल्छ। मैले हस्ताक्षर गरेका चेकहरु गोर्खा मिडियाका चेकहरु हुन्। कम्पनीऐनको अधिनमा रहेर गरिएकाप्रत्येक कारोबारको जवाफ म दिन्छु। सहकारीका कुरा सहकारीकामान्छेले जानुन्। सहकारीबाटगोर्खा मिडियामा पैसा ल्याउने सम्पूर्ण प्रक्रियामा मेरो संलग्नता छैन भनेर संसदीयछानबिनविशेष समितिको प्रतिवेदनले पृष्ठनम्बर ४४९ मा लेखेको छ। ममाथिकम्पनीऐनमा अनुसन्धानहुनुपर्नेमा सहकारी ठगीको झुटो मुद्दामागिरफ्तार गरियो, अझप्रतिशोधपूर्वक संगठित अपराध र सम्पत्तिशुद्धीकरण समेतको मुद्दालगाइँदैछ। त्यतिले नपुगेर सरकारी वकीलकार्यालय नै लागेर मेरा बयानकाअधुरा, अपुरा र मेरोविरुद्धहुनेगरी मिडियालाई सूचनाचुहाउने कार्य हुँदैछ।’
रविलामिछानेले चेतावनीपूर्ण रुपमाअगाडिभन्नु भएको छ– 
‘म चाहिँनागरिकले दुःखनपाउन् भनेर शान्तिपूर्ण ढंगले गरिएको आन्दोलन समेत नगर्नु भन्ने अनी मेराविरुद्ध सिंगो राज्य र केहीमिडिया सुनियोजितभएर लागिरहने? यसरी एउटाव्यक्तिविरुद्धभएभरका सारा शक्तिनाङ्गो भएर लाग्ने र त्यसमापनिनपुगेर न्यायलयमापनिचल्छभन्दै खुलमखुलातर्साउने हो भने हामीले विश्वास गरेको निलो क्रान्तिको रंग बदल्नुपर्ने हुनसक्छ।’

हिरासतकक्षको पाँचनम्बर कोठाबाटछुटिदै गर्दा यो सन्देश चाहिँनछुटोस् है भनेर भन्नुभयो–
‘म जिल्ला सरकारी वकीलको कार्यालय, रुपन्देहीबाटभएको गैरकानूनीक्रियाकलापप्रति सम्माननीयप्रधानमन्त्रीज्यू र महान्यायाधीवक्ताज्यूको गम्भीर ध्यानाकर्षण गराउँदछु। अन्यायकाकयौं सीमारेखापार भइसके, सत्यमाथिशक्तिप्रदर्शन बन्दहोस्। मलाई न्यायालयप्रतिआशा र न्यायप्रेमी जनताप्रति भरोसा छ।’
 

मङ्गलबार ११ मंसिर २०८१ ११:३० AM मा प्रकाशित

प्रतिक्रिया