झापा ।झापामा बाढीको कटान र डुबानमा परी २५० भन्दा धेरै घर परिवार विस्थापितभएका छन् । जिल्लाप्रहरी कार्यालय झापाकाअनुसार विस्थापितलाई छिमेकीतथाअन्य सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । केहीदिनदेखि लगातार परिरहेको वर्षाका कारण बिरिङ खोलाको बाढी पसीझापागाउँपालिका–६ भन्द्र बस्तीका ५० घर विस्थापितभएको जिल्लाप्रहरी कार्यालय झापाकाप्रवक्ताप्रहरी नायव उपरीक्षक कृष्णबहादुर चन्दले जानकारी दिए । बस्ती डुबान भएपछि उनीहरूलाई सुरक्षित स्थानमा सारिएको छ । भद्रपुर–३ स्थित नयाँ बस्तीमा ३० घर डुबानमा परेका छन् । उनीहरूलाई भद्रपुर–२ महेशपुरस्थित स्वास्थ्य चौकीमा स्थानान्तरण गरिएको छ । त्यस्तै, बाह्रदशीगाउँपालिका–२ स्थित सुकुम्वासी बस्तीमा २४ घरमा पानी पसेको छ । उनीहरूलाई सुरक्षित स्थानमा सारिएको प्रवक्ताचन्दले जानकारी दिए । यस्तै, भद्रपुर–५ गैरीगाँउमा मेचीखोला पस्दा २० घर विस्थापितभएका छन् । शिवसताक्षीनगरपालिका–१० बिहानी टोलमाकनकाई खोलाले कटान सुरु गर्दा १५ घरमध्ये ६ घर अति जोखिम रहेकोले मुक्तिघाटको भवनमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ । यस्तै, शिवसताक्षी–७ मा एक घरपरिवार विस्थापितभएका छन् । बिर्तामोड–५ र बिर्तामोड–४ मा ७ घर परिवार विस्थापितभएका छन् । बिर्तामोड–८ बाह्रबिघेमा ३ घर विस्थापितभएको जिल्लाप्रहरी कार्यालय झापाले जनाएको छ । कनकाई नगरपालिका ३ झरना बस्तीमा सन्काखोला र सुरुंगाखोलाको पानी पस्दा ११ घर विस्थापितभएका छन् । बिर्तामोड–३ सिर्जना टोलमाअदुवाखोलाको पानी पस्दा ९ घर विस्थापितभएका छन् । हल्दिबारी गाउँपालिका–२ खर्साङचोकमा १३ घरपरिवार विस्थापितभएका छन् । भद्रपुर–६ डाँगडोरा खोलाको पानी पस्दा दुई घर विस्थापितभएका छन् । झापागाउँपालिका–६ मा बिरिङ खोलाको बाढी पस्दा तीन घर विस्थापितभएका छन् । गौरीगञ्जगाउँपालिका–१ बाङ्गे टोलमाकमलखोला पस्दा १२ घरपरिवार विस्थापितभएका छन् । भद्रपुर–४ मेचीगाउँमा डुबानले ६ घर विस्थापितभएका छन् । कचनकवलगाउँपालिका–७भट्टा टोलमा डुबान हुँदा १५ घरपरिवार विस्थापितभएका छन् । विस्थापितलाई आफन्त, छिमेकी र सार्वजनिकभवनहरूमा राखिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया