काठमाडौँ - वरिष्ठ चिकित्सक गोविन्द केसीले महावीर पुनको धर्ना आन्दोलनलाई ऐक्यवद्धता जनाएका छन् ।
गत शुक्रकार देखि सरकारसँग विभिन्न चार माग राखेर माइतिघरमा आन्दोलनरत् पुनलाई भेटेर आज केसीले उक्त आन्दोलनमा समर्थन गरेका हुन् ।
केसीले समर्थन जनाएपछि धन्यवाद दिँदै पुनले भने अर्थतन्त्र सुधार गर्नका लागि पनि नवप्रवर्तन आवश्यक रहेको र आफु नवप्रवर्तमा सरकारको ध्यान जाओस् भन्नकै लागि धर्नामा बसेको बताएका छन् ।