काठमाडौँ - राजस्व अनुसन्धान विभागलेका काठमाडौंको टोखा नगरपालिकामा तस्करी गरेर ल्याइएको सुन प्रशोधन गर्ने कारखाना फेला परेको छ ।
शुक्रबार र शनिबार विभागको टोलीले काठमाडौंको टोखामा कृषि फार्मभित्र सञ्चालित सुन प्रशोधन गर्ने कारखाना पत्ता लगाएको हो ।
झण्डै ७ सय किलो सुन त्यहीँ प्रशोधन भएर नेपाली बजार र भारतमा पुर्याइएकोसमेत पाइएको बताइएको छ । तिब्बत मूलका भारतीय नागरिक थाप्तेन छिरिङको बयानको आधारमा सो कारखाना भेटिएको हो । कारखानामा सुन गाल्ने मेशिन र पगाल्ने रसायन पनि भेटिएको छ । विभागले कारखाना शिल गरेको छ ।