images

जसपा नेपालको कोशी प्रदेशस्तरीय महिला, युवा र विद्यार्थी संगठन पुनर्गठन

काठमाडौं । जनता समाजवादी पार्टी ९जसपा० नेपालको कोशी प्रदेशस्तरीय तीनवटा भ्रातृसंगठन पुनर्गठन भएका छन् । सुनसरीको गंगा जमुना होटलको सभाहलमा शुक्रबार आयोजित प्रदेशस्तरीय कार्यक्रमबाट समाजवादी महिला संघ नेपाल, समाजवादी युवा संघ नेपाल र समाजवादी विद्यार्थी संघ नेपालको कोशी प्रदेश समिति पुनर्गठन गरिएको हो । सो कार्यक्रमबाट समाजवादी महिला संघको कोशी प्रदेश समिति अध्यक्षमा ओममाया आङदेम्बेलाई चयन गरिएको छ ।  त्यसैगरी समाजवादी युवा संघको अध्यक्षमा दिनेश राई र समाजवादी विद्यार्थी संघको प्रदेश समिति अध्यक्ष सागर सरगम चेम्जोङ चयन भएका छन् । जनतासँग जसपा नेपाल आधारभूत संगठन निर्माणको चार महिने अभियानअन्तर्गत संगठन पुनर्गठन कार्यक्रममा पार्टीका सह–अध्यक्ष रकम चेम्जोङ, सचिव राजकुमार राई, केन्द्रीय कार्यकारिणी सदस्य जयराम यादवालगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

शनिबार १५ मंसिर २०८१ ०९:३३ AM मा प्रकाशित

प्रतिक्रिया