images

मुगुको दुर्गम बस्ती लिब्रुमा सडक पुगेपछि स्थानिय खुसी

मुगु । मुगुको दुर्गम बस्ती लिब्रुमा सडक पुगेपछि स्थानिय खुसी भएका छन् । नेपालको बिकट हिमाली जिल्ला शिक्षा, स्वास्थ्य , सञ्चार ,सडक क्षेत्रले पछि परेको मुगुमा संघियता आएपछि बिकट बस्तीहरुमा सडक सञ्जाल दिन प्रतिदिन धमाधम जोडिन थालेका छन् । सोरुगाँउपालिका वडा नम्बर ४ मा रहेको  लिब्रु र रावलबाडा बस्तीहरुका सडक सञ्जाल  जोडीएपछि स्थानिय बासीहरु सडक प्रयोग गर्न पाईने भयो खुसी भएका छन् । बिगतका दिनहरुमा रोजि रोटीको लागी भारत र राजपुर तिर गएपछि मात्र गाढी साईकलहरु देखेको भए पनि अहिले गाउँमा नै सडक सञ्जाल पुगेपछि सुखी लागेको सोरुगाँउपालिका वडा नम्बर ४ लिब्रुकी स्थानिय सम्झना बिकले बताइन् । उनले भनिन्, ‘यसरी हाम्रो जन्म भूमीमा गाडी पुगेपछि निकै खुसी भएका छौं, बिरामी हुँदा डोकोमा बोकेर ३,४ दिन उपचार गर्न वा ,अन्य सरकारी काम गर्न सदरमुकाम गमगढी ३ दिन लगाएर जाने गरेका थियौं , अब घरको आगनबाटै गाडी देख्न ,प्रयोग गर्न पाउने भयौं  निकै खुसी लागेको छ ।’ सोरुकोट मसिनामेला लिब्रु सडक खण्ड स्थानिय तहको पहलमा बिभिन्न सरकारी निकायको पहलमा ३,४ बर्ष पहिला देखी निमार्ण हुँदै आईरहेको थियो ।  यो सडक सोरुकोटदेखी लिबु्र नदीको किनारसम्म १३ किलो मिटर रहेको छ ।  यसको सडकमा  कुल लागत १ करोड भन्दा बढी रकम खर्च भएर निमार्ण भएकोे सोरुगाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत तिर्थराज शाहीले बताए । निर्वाचनमा उम्मेदार भएर जनताको घर दैलोमा जाँदा जनतासामु पहिलो आफ्नो एजेन्डा सोरुगाँउपालिकामा रहेका ११ वडाहरुमा सडक सञ्जालको पहुँच पुर्याउने र सडकबाट नागरीकहरुको दैनक जिवनमा गरीने कार्यको सहज रुपमा पहुँच पुर्याउने लक्ष्य अनुसार सडक सञ्जाल निर्माण गरिएको सोरुगाँउपालिकाका अध्क्षय धर्म बहादुर शाहीले बताए ।


 

शनिबार १५ मंसिर २०८१ ०९:३७ AM मा प्रकाशित

प्रतिक्रिया