images

अर्थ समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद् अन्तर्गत शुक्रबार एक समितिको बैठक बस्दैछ । संघीय संसद् सचिवालयका अनुसार अर्थ समितिको बैठक बिहान ११ः०० बजे सिहदरबारस्थित कार्यालयमा बस्नेछ । आजको बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता सम्बन्धी छलफल हुने कार्यसूची रहेको छ ।
 

शुक्रबार​ १८ माघ २०८१ ०७:४२ AM मा प्रकाशित

प्रतिक्रिया