काठमाडौं । काठमाडौंको न्यूनतम तापक्रम शुक्रबार घटेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान ५ः४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ६।४ डिग्री सेल्सियस मापन भएको छ । बिहीबार न्यूनतम तापक्रम ८ डिग्री सेल्सिय मापन भएको थियो । बिहीबार काठमाडौंको अधिकतम तापक्रम २० डिग्री सेल्सियस मापन भएको थियो । शुक्रबार पनि सोही हाराहारीमा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आगामी तीन दिनसम्म कुनै प्रणाली विकसित नहुने देखिएकाले काठमाडौंको तापक्रम विस्तारै उकालो लाग्न सक्ने छ । एक साताअघि शुक्रबार काठमाडौंको न्यूनतम तापक्रम ६।१ डिग्री सेल्सियस मापन भएको थियो । त्यसपछि शनिबार ५।४, आइतबार १८।१, सोमबार ६।१ , मंगलबार ६।३, बुधबार ८।५ र बिहीबार ८ डिग्री सेल्सियस मापन भएको थियो ।
प्रतिक्रिया