images

करणको उत्कृष्ट बलिङमा नामिबियामाथि नेपालको रोमाञ्चक जित

काठमाडौं । त्रिकोणात्मक टी–२०आई सिरिजअन्तर्गत नेपालले नामिबियालाई पराजित गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमाशुक्रबार भएको खेलमा १८१ रनको लक्ष्य पछ्याएको नामिबियाले ७ विकेट गुमाएर निर्धारित ओभरमा१७७ रनमा समेटियो । नामिबियालाई ३ रनले पराजित गरेको नेपालले फाइनल पुग्ने सम्भावना कायम राखेको छ । नामेबियाका लागि २५ बलको सामना गरेकाक्याप्टेन जेजे स्मिथसर्वाधिक ५० रन बनाएर क्याच आउट भए । नामिबियाका लागि खेलको १७ आँै ओभर निकै महत्वपूर्ण रह्यो । उक्त ओभरमा दुई चौका, एक छक्कासहित १८ रन बनायो ।  नेपालका लागिसोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले समान दुई–दुई विकेट लिए । खेलको १.३ ओभरमा सोमपाल कामीले ओपनर मलान क्रुगरलाई ३ रनमा आउट गराए । यस्तै कामीले ७.२ ओभरमा जेपी कोट्जेलाई विकेट किपर आसिफ शेखको हातबाट क्याच गराए।२२ बलको सामना गरेका कोट्जेले २५ रन बनाएर पेभिलियन फर्किएका थिए । अविनाश बोहराले पनि एक विकेट लिए । अर्का बलर करण केसीले आफ्नो नाममा २ विकेट राखे । खेलको ५.३ ओभरमा अर्का ओपनर इकल भान लिंगेनलाई आउट गराएका उनले खेलको अन्तिम ओभरको पाँचौ बलमा सन्दीप जोराको हाटबाट आर ट्रम्पलम्यानलाई क्याच आउट गराए । निकै रोचक भएको खेलमा केसीकोअन्तिम १९ ओभरको बलिङ नेपाललाई जिताउन अविश्वसनीय साबित भयो । यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुशल मल्लको अर्धशतकको (५५ रनमा नट आउट) मद्दतमा ८ विकेट गुमाएर १८० रन बनाएको थियो ।

शुक्रबार​ १७ फागुन २०८० ०३:४९ PM मा प्रकाशित

प्रतिक्रिया