ओसाका, जापान। गल्कोट समाज जापान क्षेत्रीय समिति कान्साईको आठौं अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट सन्देश बुढाथोकी को अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। अधिवेशनको उद्घाटन समारोहको अध्यक्षता निवर्तमान अध्यक्ष नरबहादुर थापाले गर्नुभएको थियो। कार्यक्रमका प्रमुख अतिथि गल्कोट समाज जापानका संरक्षक तथा क्षेत्रीय समितिका सल्लाहकार आत्माराम गैरे रहनुभएको थियो भने विशिष्ट अतिथिका रूपमा आठौं अधिवेशनका निर्वाचन पर्यवेक्षक तथा गल्कोट समाज जापानका उपाध्यक्ष शिवू थापाको उपस्थिति रहेको थियो।
कार्यक्रममा गल्कोट समाज जापानका केन्द्रिय उपाध्यक्ष एवं एनआरएनए जापानका उपाध्यक्ष दिलिप कडेल , गल्कोट समाज जापान क्षेत्रीय समितिका सल्लाहकार एवं एनआरएनए कान्साईका संयोजक भीम काउचा, क्षेत्रीय समितिका सल्लाहकार नारायण थापा लगायत विभिन्न सामाजिक व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उपस्थित अतिथिहरूले शुभकामना मन्तव्य व्यक्त गर्दै नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिएका थिए।
अधिवेशनले आगामी कार्यकालका लागि सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको हो। नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा सन्देश बुढाथोकी चयन हुनुभएको छ। उपाध्यक्षहरुमा कौशल बोहोरा, कुमार घर्ती र अर्जुन कार्की चयन हुनुभएको छ। सचिवमा भुवन सापकोटा, सहसचिवमा गुरुदेव कडेल, कोषाध्यक्षमा मनिराम कडेल तथा सहकोषाध्यक्षमा समिर निउरे चयन भएका छन।
नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा सन्देश बुढाथोकी चयन भएका छन्। त्यसैगरी उपाध्यक्षमा कौशल बोहोरा, कुमार घर्ती र अर्जुन कार्की निर्वाचित भएका छन्। महासचिव पद नराखिएको संरचनाअनुसार भूवन सापकोटा सचिव तथा गुरुदेव कडेल सह–सचिव चयन भएका छन्। त्यसैगरी मनिराम कडेल कोषाध्यक्ष र समिर निउरे सह–कोषाध्यक्षमा निर्वाचित भएका छन्। नयाँ कार्यसमितिका सदस्यहरूमा सुरेश थापा, जीवन घर्ती मगर, नवीन बुढाथोकी, दिपक पुन, सन्दीप थापा, कोपल खड्का, यमुना शर्मा, पवित्रा भण्डारी, उमा बस्नेत, सलिना न्यौपाने, कृष्ण केसी, भीम केसी, प्रकाश थापा ९काजी० तथा कुशल थापा चयन भएका छन्। यसैगरी, गणेश सिन्जाली मगर युवा संयोजकमा चयन भएका छन्।
अधिवेशनका लागि गठित निर्वाचन समितिको प्रमुख सुमित खत्री रहनुभएको थियो। निर्वाचन समितिको सदस्य सचिव गल्कोट समाज जापानका सचिव गौरी सापकोटा तथा सदस्यमा गल्कोट समाज जापानका संरक्षक जगत थापा रहनुभएको थियो।
नवनिर्वाचित अध्यक्ष सन्देश बुढाथोकी ले सम्पूर्ण सदस्य तथा गल्कोटवासीले व्यक्त गरेको विश्वास र समर्थनप्रति हार्दिक आभार व्यक्त गर्दै संस्थाको एकता, सामाजिक सद्भाव, आपसी सहयोग तथा सक्रिय सहभागितालाई अझ सुदृढ बनाउन सबैलाई साथ लिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। अधिवेशनले गल्कोट समाज जापान क्षेत्रीय समिति कान्साईलाई अझ सशक्त, प्रभावकारी र गतिशील बनाउँदै जापानमा रहेका गल्कोटवासी नेपालीहरूको हक, हित, सामाजिक एकता तथा आपसी सहकार्यको प्रवर्द्धनमा निरन्तर सक्रिय रहने विश्वास व्यक्त गरेको छ।
संस्थाका कोषाध्यक्ष मनिराम कंडेलले आर्थिक वर्ष २०२४–२०२६ कार्यकालको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै कुल २ करोड ७ लाख ५ हजार ५ सय ९९ जापानी येन आम्दानी भएको जानकारी दिए। त्यस्तै, १ करोड ९९ लाख ४९ हजार ६ सय ९३ जापानी येन खर्च भएको र १२ लाख ५ हजार ६ सय ९३ जापानी येन बचत रहेको विवरण अधिवेशनमा पेश गरिएको थियो। उक्त आर्थिक प्रतिवेदन अधिवेशनबाट सर्वसम्मत रूपमा पारित भएको हो।
त्यसैगरी, संस्थाको २०२४–२०२६ कार्यकालको संस्थागत प्रतिवेदन सह–सचिव भूवन सापकोटाले प्रस्तुत गरेका थिए। प्रतिवेदनमा कार्यकालभरि सम्पन्न भएका गतिविधि, सामाजिक योगदान तथा संस्थाको समग्र प्रगतिको समीक्षा गरिएको थियो।
प्रतिवेदन प्रस्तुत गर्ने क्रममा कार्यकालको ‘ड्रिम प्रोजेक्ट’का रूपमा रहेको नेपाल महोत्सव–२०२५ भव्य र सफलतापूर्वक सम्पन्न भएको उल्लेख गरिएको थियो। कार्यक्रममा बोल्ने वक्ताहरूले महोत्सवले जापानमा रहेका नेपाली समुदायलाई एकताबद्ध बनाउनुका साथै नेपाली कला, संस्कृति र पहिचानलाई प्रभावकारी रूपमा प्रवर्द्धन गरेको भन्दै यसको उच्च प्रशंसा गरेका थिए। उनीहरूले यस महोत्सवलाई गल्कोट समाज कान्साईको इतिहासमा मात्र नभई जापानस्थित नेपाली समुदायका लागि समेत “जिउँदो इतिहास” रच्ने ऐतिहासिक उपलब्धिका रूपमा वर्णन गरेका थिए।
कार्यक्रममा स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष सन्देश बुढाथोकीले व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन सह–सचिव भूवन सापकोटाले गरेका थिए।

प्रतिक्रिया