images

काठमाडौंमा ‘मोदीबेनी’भव्यप्रिमियर

काठमाडौं । भोलि (शुक्रवार) देशभर रिलिजहुने नेपालीचलचित्र ‘मोदीबेनी’को काठमाडौंमा भव्यप्रिमियर भएको छ। कमलपोखरीमा रहेको बिगमुभिजमाभएको प्रिमियरमा नेपालीचलचित्र क्षेत्रकाव्यक्तित्वहरू, राजनीतिकव्यक्तित्वहरू तथा सञ्चार क्षेत्रकाव्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।  ‘मोदीबेनी’लाई प्रिमियर शोबाट चलचित्र ‘नसोचेको राम्रो’ भएको प्रतिक्रियाप्राप्तभएको छ।
प्रिमियरमा नवअभिनेता अमर प्रतापश्रेष्ठ र अभिनेत्री वर्षा सिवाकोटी आकर्षणको केन्द्र बने । वर्षा सारीमा सुन्दर देखिएकीथिइन् भने अमरले वर्षासँगको ‘कलर म्याच’ रहेको पोसाकमा सजिएकाथिए। अभिनेत्री रेजिना उप्रेतीपनि सारीमा सजिएर पुगेकीथिइन् । नवअभिनेत्री स्नेहा भट्टराई पनिआकर्षक पहिरनमाप्रिमियरमा पुगेकीथिइन् । 
प्रिमियरमा वर्षा, अमर, रेजिना, स्नेहासँगै चलचित्रकाकलाकारहरू प्रवीण खतिवडा, दिलीप के।सी।, कमल मणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, सरोज लामिछाने, सुब्रतआचार्य, रोजीश्रेष्ठ, पूजनश्रेष्ठ लगायतको उपस्थितिथियो । 
साथै, निर्देशकशङ्कर कोइराला, डिओपीउत्सवदाहाल, सम्पादक भरत रेग्मी, निर्माताहरू दिलीप केसी र हरि श्रेष्ठ सहित क्रियटिभ तथाप्राविधिक टिमको पनि सहभागिताथियो । 
प्रिमियर शोमा चलचित्रहेर्न प्रतिनिधि सभा सदस्यशोबितागौतम, पत्रकार दिल भुषण पाठक, कलाकारहरू रमेश उप्रेती, निर्मल शर्मा, विजय बराल, अञ्जना बराइली, मुकुन भुसाल, कलाकार तथानिर्देशकदीपाश्री निरौला, निर्देशकशोभित बस्नेत, कमेडियन हिमेश पन्तलगायतपुगेका थिए।
 ट्रेलर सार्वजनिक भएपछि प्रतीक्षारत बनेको ‘मोदीबेनी’ले कसैको मृत्युपश्चात् भएको एउटा अविश्वसनीयकथामाआधारित रहेर प्रेम, बदला र पारिवारिक कथाभनेको छ।
प्रतिनिधि सभा सदस्यशोबितागौतमले चलचित्रको प्राविधिकतथा क्रियटिभ काम मन परेको प्रतिक्रियादिइन् । 
‘सोसल कनट्र्याक्ट थ्यौरी’ अनुसार नै हाम्रो समाजचल्ने बताउँदै उनले सबै कुरा मै हो भन्ने सोचले कस्तो नतिजादिन सक्छ भन्ने चलचित्रले देखाएको बताइन् । कलाकार हिमेशपन्तले चलचित्र रमाइलो र ट्विस्ट रहेको बताए। उनले चलचित्रको ‘सस्पेन्स’ भागको चर्चा गरे । 
कलाकार विजय बरालले आफूलाई यो चलचित्र ‘सोसल ड्रामा’ रहेको बताए। समग्रमाचलचित्र मन परेको बताउँदै सबैलाई यो चलचित्र हेर्न सुझावदिए। कलाकार मुकुन भुसालले सुन्दै आएको कथालाई यो चलचित्रमा हेर्न पाएको बताए। कलाकार तथानिर्मातानिर्मल शर्माले आफूले सोचेको भन्दापनि राम्रो चलचित्र बनेको प्रतिक्रियादिए।
अभिनेत्रीतथानिर्देशकदीपाश्री निरौलाले आफूलाई चलचित्रको ट्रेलरले नै प्रिमियरसम्म तानेको र अपेक्षाअनुसार कै चलचित्र बनेको प्रतिक्रियादिइन् । 
चलचित्रकानवअभिनेता अमर प्रतापश्रेष्ठ, अभिनेत्री वर्षा सिवाकोटीसहित सबै कलाकारको कामउत्कृष्ट रहेको निरौलाले प्रतिक्रियादिइन् ।उनले नेपालीचलचित्रमा धेरै पछि यस प्रकारको हेर्न पाएको र आफूलाई निकै मज्जाआएको जनाइन् ।
अभिनेता रमेश उप्रेतीले हेर्दै आएकाचलचित्रहरू भन्दा फरक लागेको बताए।निर्देशकशोभित बस्नेतले ‘मोदीबेनी’ साँच्चिकै राम्रो बनेको भन्दै धेरै पछि अभिनेत्री रेजिना उप्रेतीलाई ठुलो पर्दामा देख्दाखुसीलागेको बताए। उनले निर्देशकको कामपनि मन परेको प्रतिक्रियादिए। अभिनेत्रीअञ्जना बराइलीले नयाँकलाकारहरूको कामझनै राम्रो रहेको बताइन्। सबै कलाकारले आफ्नो चरित्रलाई न्यायदिएको जनाउँदै आफूले दर्शकको नजरबाट चलचित्र हेरेको बताइन् ।
०००
 

बिहीबार १७ साउन २०८१ १०:५८ AM मा प्रकाशित

प्रतिक्रिया