विराटनगर - कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएका छन् ।
एमालेको सरकार ढलेपछि कांग्रेस–माओवादीलगायत गठबन्धन दलहरूको सरकार बनाउने सन्दर्भमा समर्थनका लागि उनले पदबाट राजीनामा दिएका हुन् ।
आफूले समर्थन नगर्दा कोशीमा सरकार नै बन्न नसक्ने अवस्थामा सृजना भएको र सभामुखका रुपमा विवादमा तानिइसकेको अवस्थाका कारण पदबाट राजीनामा दिएको उनले बताएका छन् । गौतमलाई मुख्यमन्त्री बनाउने शर्तमा राजीनामा गराइएको बताइएको छ ।