images

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता आइतबार राति १२ बजेदेखि लागु हुने

१४ असोज, काठमाडौं नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता हुने जनाएको

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मूल्य वृद्धि फिर्ता लिन निर्देशन भएपछि आइतबार राति १२ बजेदेखि लागु हुने गरी वृद्धि गरिएको मूल्य घटाइएको निगमले जनाएको

प्रधानमन्त्री प्रचण्डबाट निर्देशन भए बमोजिम स्वचालित मूल्य प्रणाली यथावत हुन गरी हाल भएको मूल्य वृद्धिलाई मूल्य स्थिरीकरण कोष नेपाल सरकारबाट प्राप्त हुने रकमबाट समायोजन गर्ने गरी मूल्य वृद्धि आइतबार राति १२ बजेदेखि लागु हुने गरी फिर्ता गरिएको निगमले आइतबार जारी गरेको सूचनामा भनिएको

शनिबार राति १२ बाट लागु हुने गरी आयल निगमले सबै प्रकारका पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको थियो

आइतबार बिहान आफूसँग सल्लाह नगरी इन्धनको मूल्य वृद्धि गरिएको भन्दै प्रधानमन्त्री प्रचण्डले आयल निगमसँग असन्तुष्टि जनाएका थिए सोही असन्तुष्टिकै बीच प्रधानमन्त्री प्रचण्डले मूल्य वृद्धि फिर्ता लिन निगमलाई निर्देशन दिएका थिए

निगमको यो पछिल्लो निर्णयसँगै आइतबार दिनभर उपभोक्ताले वृद्धि भएकै मूल्यमा पेट्रोल, मट्टीतेल, डिजेल ग्याँस खरिद गर्नुपर्ने

निगमले शनिबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलमा प्रतिलिटर , डिजेल मट्टितेलमा प्रतिलिटर खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको थियो त्यस्तै हवाई इन्धन आन्तरिक अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर रुपैयाँ बढाएको थियो

आइतबार​ १४ असोज २०८० ०२:५५ PM मा प्रकाशित

प्रतिक्रिया