images

राष्ट्र बैंकद्वारा ५० करोडको निक्षेप संकलनका लागि आवेदन आब्हान

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० करोड रुपैयाँको निक्षेप संकलनका लागि सूचना जारी गरेको छ । बैंकले यस कार्यका लागि अनलाइन बिडिङ प्रणालीमार्फत आवेदन आह्वान गरेको हो । बैंकका अनुसार ५० करोड रुपैयाँ बराबरको रकम संकलन गर्नका लागि ’लगानीका साधन ९डेपोजिट कलेक्शन०’ कार्यक्रमको व्यवस्था गरिएको छ । यसमा आवेदन दिन चाहने वित्तीय संस्थाहरूले २०८१ मंसिर १६ गतेदेखि अनलाइन माध्यमबाट सहभागिता जनाउन सक्नेछन् । कार्यक्रम अन्तर्गत बैंकहरूले तोकिएको मापदण्डमा रही सहभागिता जनाउनुपर्नेछ । बिडिङ प्रक्रियामा समावेश हुन चाहने बैंक तथा वित्तीय संस्थाहरूले राष्ट्र बैंकको वेबसाइटमार्फत आवश्यक प्रक्रिया पूरा गर्नुपर्ने सूचनामा उल्लेख छ । निक्षेप संकलन कार्यक्रमले बजारमा तरलता व्यवस्थापन गर्न सहयोग पुग्ने बैंकले विश्वास व्यक्त गरेको छ ।

सूचनामा उल्लेख गरिएका मुख्य बुँदाहरूः
संकलनको नामः लगानीका साधन ९डेपोजिट कलेक्शन०
अनलाइन बिडिङ प्रणालीः मंसिर १६ गते दिउँसो २ बजेबाट
निक्षेप अवधिः ७ दिन
सहभागिताको नियमः ५० लाखदेखि १० करोड रुपैयाँसम्म बिड गर्न सकिने


 

आइतबार​ १६ मंसिर २०८१ ०२:०३ PM मा प्रकाशित

प्रतिक्रिया