images

 ओसाकामा सोनाम ल्होछार, सांस्कृतीक कार्यक्रमको तयारी पुरा

ओसाका, जापान । राष्ट्रिय पर्व सोनाम ल्होछार राष्ट्रको सान, भाषा, धर्म संस्कृती हाम्रो पहिचानू भन्ने मूल नारा सहित यस वर्षको मञ्जुश्री सम्बत २८६१ औं साः पुखी (सर्प) ल्हो,  सोनाम ल्होछारको अवसरमा तामाङ समाज जापान कान्साई क्षेत्रीय समितिले भव्य रुपमा सांस्कृतीक कार्यक्रमको तयारी पुरा  भएको छ ।

जापानको ओसाकामा विभिन्न राष्ट्रिय कलाकारहरु सहित जापानमा रहेका स्थानिय कलाकारहरुको बेजोड प्रस्तुतीमा कार्यक्रम आयोजना गरिएको तामाङ समाज जापान कान्साईका अध्यक्ष राज थिङले जानकारी दिनु भयो ।


जापानको ओसाकामा बस्ने आम नेपाली दाजुभाई तथा दीदीबहिनीका साथ सामूहिक रूपमा यही फेब्रओरी ३ तारिकमा भव्यताका साथ सोनाम ल्होछार मनाउन लागिएको हो। विभिन्न स्थानीय कलाकारको साथमा ल्होछार मनबउन लागेको हो ।

कार्यक्रम ओसाका सहित टोकीयो, किता कान्तो, क्युशु, सेन्दाई, नागोया, ओकीनावामा हुने पनि जानकारी दिनु भयो । 

कार्यक्रमा तामाङ भेषभुषा तथा कला संस्कृतीको प्रर्दशनी एवं स्थानीय तथा राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुको बेजोड प्रस्तुतीमा कार्यक्रम आयोजना हुन लागेको समाजका अध्यक्ष थिङले जानकारी दिनु भयो ।

कार्यक्रम ओसाका, बेन्तेन्चोको मिनातो सेन्टर, बेन्तेन्चोमा हुने बताउनु भयो । 〒छछद्द(ण्ण्ण्घ इकबपब, ःष्लबतय ध्बचम, क्ष्कयवष्, ज्ञ ऋजयmभ−ठ−ज्ञठ 内 ःष्लबतयपग त्यअजष्पगपबपगकभष्चष् प्ष्लभल प्यचथग ज्बिि 

आइतबार​ २० माघ २०८१ ०६:४० PM मा प्रकाशित

प्रतिक्रिया