images

ओसाकामा पाँचौं जापानव्यापी एकदिने रक्तदान कार्यक्रम २०२६ आयोजना हुने

ओसाका, जापान। गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आयोजना तथा एनआरएनए कान्साईको सहआयोजनमा जापानको ओसाकामा खुला रक्तदान कार्यक्रम आयोजना हुने भएको छ।

“पाँचौं जापानव्यापी एकदिने रक्तदान कार्यक्रम २०२६” अन्तर्गत उक्त कार्यक्रम आयोजना गर्न लागिएको एनआरएनए कान्साईका सहसंयोजक शंकर भुषालले जानकारी दिएका छन्।

“रगतको दान, मानवताको सम्मान” भन्ने मूल नारासहित आयोजना हुन लागेको यस कार्यक्रमको उद्देश्य मानव जीवन बचाउन सहयोग गर्नुका साथै जापानमा रहेका नेपाली समुदायबीच सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि गर्नु रहेको जनाइएको छ।

कार्यक्रम आगामी अप्रिल १९, २०२६ आइतबार बिहान ९:३० बजेदेखि दिउँसो ४:०० बजेसम्म सञ्चालन गरिने आयोजकले जनाएको छ। उक्त रक्तदान कार्यक्रम ओसाकास्थित क्योबासी स्टेशनमा आयोजना हुने बताइएको छ।

एनआरएनए जापान अन्तर्गतका विभिन्न क्षेत्रीय समितिहरूको सहकार्यमा सञ्चालन हुने यस अभियानमा जापानभर रहेका नेपाली तथा अन्य इच्छुक व्यक्तिहरूलाई सहभागी भई रक्तदान गर्न आह्वान गरिएको छ। आयोजकले रक्तदानजस्तो मानवीय कार्यमा सहभागी भई जीवन बचाउने पुण्य कार्यमा हातेमालो गर्न सबैलाई अनुरोध गरेको छ।

बिहीबार १९ चैत २०८२ ०३:३१ PM मा प्रकाशित

प्रतिक्रिया