images

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य 


काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि विभिन्न कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार तरकारीतर्फ, गोलभेँडा ठूलो ९नेपाली० प्रतिकिलो ५५ रुपैयाँ, गोलभेँडा ठूलो ९भारतीय० ६५ रुपैयाँ, र गोलभेँडा सानो ९लोकल० ४७ रुपैयाँ तोकिएको छ । आलु रातो प्रतिकिलो ३८ रुपैयाँ, भारतीय आलु रातो ३५ रुपैयाँ, र मुडे आलु रातो ३९ रुपैयाँ रहेको छ । प्याज सुकेको ९भारतीय० को मूल्य प्रतिकिलो ४० रुपैयाँ निर्धारण गरिएको छ ।अन्य तरकारीहरूमा गाजर ९लोकल० ३५ रुपैयाँ, बन्दा ९लोकल० १५ रुपैयाँ, काउली ९स्थानीय० ३५ रुपैयाँ, मूलो रातो ४० रुपैयाँ, र भन्टा लाम्चो १८ रुपैयाँ रहेको छ। तनेबोडीको मूल्य प्रतिकिलो ५५ रुपैयाँ, मटरकोसा १५० रुपैयाँ, र घिउ सिमी ९लोकल० ३५ रुपैयाँ कायम भएको छ । तीतो करेला ५० रुपैयाँ, लौका ३५ रुपैयाँ, चिचिण्डो ३० रुपैयाँ, घिरौला २५ रुपैयाँ, र भिण्डी ३० रुपैयाँ निर्धारण गरिएको छ ।सागतर्फ, रायोसाग ३० रुपैयाँ, पालुङ्गो साग ३५ रुपैयाँ, र तोरीको साग ३० रुपैयाँ प्रतिकिलो तोकिएको छ । मेथीको साग १०० रुपैयाँ र प्याज हरियो ५० रुपैयाँ रहेको छ । च्याउ ९कन्य० १६० रुपैयाँ, च्याउ ९डल्ले० २६० रुपैयाँ, र कुरिलो ३५० रुपैयाँमा उपलब्ध हुनेछ ।फलफूलतर्फ, स्याउ ९झोले० २५० रुपैयाँ, स्याउ ९फुजी० ३०० रुपैयाँ, र केरा ९दर्जन० १५० रुपैयाँ तोकिएको छ । कागती प्रतिकिलो २०० रुपैयाँ, अनार ३५० रुपैयाँ, र आँप ९माल्द० ६५ रुपैयाँ रहेको छ । अङ्गुर ९हरियो० २५० रुपैयाँ, तरबुजा ९हरियो० ४० रुपैयाँ, र भुइँकटहर प्रतिगोटा १८० रुपैयाँ निर्धारण गरिएको छ । लिची ९लोकल० १३० रुपैयाँ र लिची ९भारतीय० २१० रुपैयाँमा खरिद गर्न सकिनेछ ।
 

सोमबार २० जेठ २०८२ ११:१९ AM मा प्रकाशित

प्रतिक्रिया