काठमाडौं । उपसभामुखइन्दिरा रानाले जलवायु सम्बन्धी मुद्दाहरुमा संसदको भूमिकालाई प्रभावकारी बनाउनुपर्ने बताएकी छिन् । भारतको नयाँदिल्लीमाआयोजितउर्जा सम्बन्धीकार्यक्रममाबोल्दै उपसभामुख रानाले संसदहरूले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका जलवायु मुद्दाहरूमा आवश्यककदमचाल्न सरकारलाई बाध्यपार्न सक्ने भएका कारण संसदको भूमिकाप्रभावकारी बनाउनुपर्नेमा जोड दिएकीहुन् । उनले जलवायु सम्बन्धीगतिविधिहरूमालगानी गर्ने बिषयमा सरकारहरूको भूमिकाको बारम्बार छलफल भइरहेको तर संसदहरूको भूमिका बढाउनका लागिपनि सबैले ध्यान केन्द्रित गर्न आग्रहगरिन् । ‘जलवायु परिर्वतनका मुद्दामा सरकारले गरेका प्रतिबद्धताहरू पुरा गराउन संसदले आफ्नो देशकाकार्यकारीहरूलाई जवाफदेहीबनाउने क्षमता राख्छन् । संसदको भूमिकालाई प्रभावकारी बनाउँदै आवश्यककानुननिर्माण र कार्यान्वयनकालागिभूमिका खेल्न सक्छन्,’उनले भनिन् । जलवायु परिर्वतनको असर न्युनीकरण गर्नका लागि राजनीतिक इच्छाशक्ति आवश्यकभएको बताउँदै उपसभामुख रानाले यसकालागिजनचेतनाजगाउनु र जलवायु–सकारात्मकनीतिहरूको वकालतगर्न आवश्यक रहेको बताइन् । ग्लोबल साउथले सौर्य, हावा र जलविद्युत जस्ता नवीकरणीय ऊर्जा स्रोतहरू प्रयोगकालागिवकालत गरिरहेको चर्चा गर्दै कृषिमानिर्भर जनसंख्यालाई त्यसको असर पर्नबाट जोगाउन सोहीअनुसारको कार्यक्रमकार्यान्वयनकालागिदिइन् । ‘हरितगृह ग्यास उत्सर्जन घटाउन र ग्लोबल साउथमा सबैभन्दाकमजोर समुदायहरूलाई सहयोग गर्न प्रभावकारी विश्वव्यापी सहयोग आवश्यक छ। यीआवश्यकताहरूलाई व्यापक र समावेशी रूपमा सम्बोधन गरेर, हामीजलवायु परिवर्तनकाप्रभावहरूलाई न्यूनीकरण गर्न सक्छौ,’ उनले भनिन् ।
प्रतिक्रिया