images

देशभर रिलिजभयो ‘मोदीबेनी’

काठमाडौं । उत्साहित ट्रेलर सार्वजनिक गरी दर्शकमाझचर्चित बनेको नेपालीचलचित्र ‘मोदीबेनी’को सार्वजनिकप्रदर्शनमाआएको छ। देशभर प्रदर्शनमाआएको यो चलचित्रले पहिलो दिन एक सय भन्दा धेरै शो हरू प्राप्त गरेको वितरक करण श्रेष्ठले बताए। यो चलचित्रलाई काठमाडौं उपत्यकामा रिच इन्टरटेन्मेन्ट र उपत्यकाबाहिर एफडी कम्पनीले रिलिज गरेका हुन् । रिलिजको दुई दिन अघि बुधवार ‘मोदीबेनी’को प्रिमियर शो आयोजना गरिएको थियो। एक्सन, प्रेम, कमेडी, वेदनातथापारिवारिक कथा रहेको यो चलचित्रमायसको विषय, रहेका थ्रिल र ‘सरप्राइजिङ’ दृश्यहरूले प्रिमियरमा उपस्थितलाई उत्साहितबनाएको थियो। चलचित्रलाई प्रिमियरबाट उत्कृष्ट प्रतिक्रियाप्राप्तभएको थियो । शङ्कर कोइरालाले निर्देशन गरेको चलचित्रमा वर्षा सिवाकोटी र नवअभिनेता अमर प्रतापश्रेष्ठको जोडीलाई रुचाइएको छ भने रेजिना उप्रेतीको नौ वर्षपछिको कमब्याकको पनितारिफ गरिएको छ। यो चलचित्रमावर्षा, अमर, रेजिनाको साथमा, प्रवीण खतिवडा, सरोज खनाल, दिलीप केसी, जीवन भट्टराई, कमलमणि नेपाल, स्नेहा भट्टराई, सुब्रतराजआचार्य, अनामिका लामिछाने, पूजनश्रेष्ठ, गोविन्द सुनार, सरोज अर्याल, लविस गर्तौला, शेर बहादुर बराल, रोजीश्रेष्ठ, हिउवालागौतम लगायतको अभिनय रहेको छ। डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको यो चलचित्रमादिलीप केसी निर्माता र हरि श्रेष्ठ सह निर्माता रहेका छन्। चलचित्रलाई आनन्दविक्रम क्षेत्रीले लेखेका छन्। यसमाउत्सवदाहालले छायाङ्कन र भरत रेग्मीको सम्पादन छ। चलचित्रकागीतमा रामअविरल र शान भुसालको शब्द रचना, एसडी योगी र शान भुसालको सङ्गीततथा स्वरूपराजआचार्य, एसडी योगी, विज्ञानी पराजुली र एरिका क्षेत्रीको स्वर रहेको छ।
 

शुक्रबार​ १८ साउन २०८१ ०१:४३ PM मा प्रकाशित

प्रतिक्रिया