images

सामाखुसीको सिटी स्क्वायर मलमाक्यूएफएक्सको नयाँहल

काठमाडौं । काठमाडौंको सामाखुसीमा रहेको सिटी स्क्वायर मलमाक्यूएफएक्स चेनको अर्को हलखुलेको छ । अभिनेतादीपकराजगिरी, किरण केसी, रमेश उप्रेती, जीतु नेपाल, निर्मल शर्मा, गायकप्रकाश सपूत र अभिनेत्रीनीतिशाहले संयुक्त रुपमासिनेमा हलको उद्घाटन गरेका हुन् । तीनवटा पर्दा रहेको सुविधा सम्पन्नहलमा ४ सय ९७दर्शकले एक साथसिनेमा हेर्न सक्छन । सिटी स्क्वायर मलको नौँ तल्लामाखुलेको हलको ११ औँ र १२ औँ तल्लामादर्शकलाई रिफ्रेसमेन्ट गर्नु परेको खण्डमा कसमीबार एण्ड लाउन्ज समेत सञ्चालनमाल्याइएको छ भने हरेक पर्दामा सोफा सेटसहित सुतेर समेत सिनेमा हेर्ने सिटहरु जडान गरिएको छ । हलका सवै थिएटरमा पिक्चर र साउन्ड क्वालिटीलाई उच्चप्राथमिकतामा राख्दै एसियाकै सर्वोत्केष्ट साउन्ड एरोम्याक्स वाई बार्को र दक्षिण एसियाकै सिरिज फोर बार्को लेजर प्रोजेक्सनप्रविधि जडान गरिएको संचालक सुमित मैनालीले दावी गरेका छन । कार्यक्रममाहल उदघाटन गर्न पुगेका कलाकर्मीहरुले पनि साउन्ड क्वालिटी र प्रोजेक्सनको खुलेर तारिफ समेत गरेका थिए ।  करिब १८ करोडको लागतमानिर्माणमा ल्याईएको यो सिनेमा हललाई नेपालकै अग्रडी मल्टीप्लेक्स चेन क्यू। एफ। एक्स ब्रान्डले व्यवस्थापनको जिम्मेवारी लिदै देशभर आफ्नो हल संख्या १७ वटा पुर्याएको छ । सामाखुसीलाई सेन्ट्रल बनाएर हेर्दा यो हलमासिनेमा हेर्नका लागि टोखा, गंगबु, बुढानिलकण्ठ तथा नारायणगोपाल चोककादर्शकलाई पायक पर्ने क्युएफएक्सले दावीपनि गरेको छ ।
 

शुक्रबार​ १८ साउन २०८१ ०१:४६ PM मा प्रकाशित

प्रतिक्रिया