चीनमा बाढीका कारण ११ जनाको मृत्यु, १३ जना बेपत्ता

 काठमाण्डौँ - चीनमा आएको बाढीमा परेर ११ जनाको मृत्यु भएको छ भने १३ जना बेपत्ता भएका छन् ।
बेइजिङलगायत विभिन्न शहर बाढीबाट प्रभावित भएका छन् ।

चीनका अधिकांश नदीको बहाव बस्तीसम्म प्रवेश गर्दा सयौंको बिचल्ली भएको छ । सडक र विमानस्थलमा पानी जमेकाले यातायात र हवाई सेवासमेत अवरुद्ध बनेको छ । सयौं कारहरु बाढीले बगाएको छ । बेइजिङको पश्चिमी क्षेत्र मेन्टौगु जिल्लाको रेलवे स्टेशनमा पानीको सतह उच्च भएपछि रेलमा फसेकाहरुको उद्धार गरिएको छ ।