काठमाडौँ - कोशी प्रदेशको सभामुखबाट राजीनामा दिएका बाबुराम गौतम मन्त्री बन्ने भएका छन् ।
नेपाली काँग्रेसका उद्वव थापालाई मुख्यमन्त्री बनाउन सभामुखबाट राजीनामा दिएका बाबुराम गौतम मन्त्री बन्ने भएका छन् ।
सरकार निर्माणका लागि आवश्यक ४७ जना प्रदेशसभा सदस्य पुर्याउन गौतमले मंगलबार सभामुख पदबाट राजीनामा दिएका थिए। नवनियुक्त मुख्यमन्त्री थापाले आज साँझ ५ बजे मुख्यमन्त्री पदको शपथ लिँदैछन्।
गौतमलाई कुन मन्त्रालय दिने भन्नेबारेमा भने खुलाइएको छैन ।