गायिका उर्मिला लाम्गादेको ’मेरो बुवाको घर’ फिमेल भर्सन बजारमा (भिडियो)

काठमाडौं - गायिका उर्मिला लाम्गादेको सुमधुर स्वरमा सजिएको आशिषमय भजन गीत ‘मेरो बुवाको घर’को फिमेल भर्सनमा सार्वजनिक भएको छ ।

दर्शक स्रोतामाझ लोकप्रिय भैसकेको यस गीतका ओर्जिनल गायक, संगीतकार तथा गीतकार पास्टर रोहित थापा हुन् । भिडियोमा स्वयम् गायिका लाम्गादे र उनको परिवार फिचर्ड छन् ।

अमेरिकामा छायांकन गरिएको यस भिडियोलाई विक्की पुलामीको छायांकन र निर्देशनमा तयार पारिएको हो । भिडियोलाई विष्णु खड्काले सम्पादन गरेका हुन् । भिडियो गायिका लाम्गादेको युट्युव च्यानल ‘उर्मिला लाम्गादे’ मार्फत सार्वजनिक भएको हो ।

https://youtu.be/mhX_1ryETbE