images

सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँले बढयो 

काठमाडौं ।
आज ९मंगलबार० नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ हजार ९०० रुपैयाँले बढेको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।अघिल्लो कारोबार दिन सोमवार सुनको कारोबार प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँमा भएको थियो । त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार चाँदी प्रतितोला ५५ रुपैयाँले बढेर प्रतितोला २ हजार ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।सोमवार चाँदीको मूल्य १ हजार ९९० रुपैयाँ थियो । मंगलवार प्रति १० ग्राम सुनको मूल्य १ लाख ६५ हजार २१० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ७५३ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
 

मङ्गलबार २१ जेठ २०८२ ०३:३७ PM मा प्रकाशित

प्रतिक्रिया