images

जापानमा नेपाल म्युजिक फेस्ट २०२५’ हुदैं, ओसाकामा अगस्ट आठमा हुने

ओसाका, जापान। जापानमा ‘नेपाल म्युजिक फेस्ट २०२५’ नामक नेपाली संगीत महोत्सव आयोजना हुने भएको छ।  अगस्टमा टोकियो, ओसाका, फुकुओका र नागोयामा महोत्सव हुने भएको हो । ‘नेपाली संगीतलाई विश्वसँग जोड्ने’ मुख्य उद्देश्यसहित सुरु हुन लागेको यो फेस्टिभलले नेपाली संगीत, संस्कृति र समुदायलाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्न मद्दत पुग्ने विश्वास लिइएको छ।

नेपाली संगीत र संस्कृतिलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउने उद्देश्यसहित आयोजना हुने फेस्टिभलमा स्वर, द एज र कबवेबजस्ता चर्चित नेपाली ब्यान्डले प्रस्तुति दिनेछन्। स्वरले ‘अपरिभाषित’, ‘बादल सारी’, ‘म मरे पनि’ जस्ता गीत प्रस्तुत गर्नेछ। द एजले आफ्नो २५औँ वार्षिकोत्सवलाई विशेष बनाउँदै सहभागिता जनाउनेछ भने कबवेबको उपस्थिति पनि मुख्य आकर्षण हुनेछ।

फेस्टिभल अगस्ट ३ मा टोकियोको बेल साले टाकाडानोबाबाबाट सुरु भई ओसाकामा अगस्ट आठमा , फुकुओका र नागोयामा सम्पन्न हुनेछ। कार्यक्रम जापानी दर्शकलाई समेत लक्षित गरी आयोजना गरिनेछ।

टिकट मेरोटिकटमार्फत अर्ली बर्ड, स्ट्यान्डर्ड, फ्यान पिट र भिआइपी प्याकेजमा डिजिटल रूपमा बिक्रीमा आउनेछ। प्रचार तीन भाषामा (नेपाली, जापानी, अंग्रेजी) गरिनेछ। इनडोर कार्यक्रम भएकाले व्यावसायिक ध्वनि, प्रकाश, सुरक्षा, द्विभाषिक कर्मचारी र आपतकालीन तयारी सुनिश्चित गरिने आयोजकको भनाइ छ। 


 

आइतबार​ १८ साउन २०८२ ०८:२५ AM मा प्रकाशित

प्रतिक्रिया