images

सत्ता समीकरणको प्रभाव सेयर बजारमा, मूल्यमा एक्कासि उछाल

काठमाडौं । सत्ता समीकरणसँगै सरकारमा नेतृत्व फेरबदल हुने भएको असर सेयर बजारमा परेको छ । सोमबार बजार कारोबार सुरु भएसँगै सेयर बजार सूचक बढेको छ । 
समाचार तयार पार्दासम्म बजार ११७.७० अंकले बढेर २०७८.०० को विन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स पनि ६.०० प्रतिशत पुगेको छ । 
म्युचअल फण्डबाहेक सबै उपसमूहका सूचक बढेका छन् । बजार खुलेको ३ मिनेटमै ४ प्रतिशतले बढेको कारोबारमा दुई पटक सकारात्मक सर्किट लागेको छ । रिडि पावर, शिवश्री हाइड्रो, राप्ती हाइड्रो, मेन्छीयम हाइड्रो रिलायबल लाइफ इन्स्योरेन्स, बाराही हाइड्रो, जोशी हाइड्रोपावर,अरुणभ्याली हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर लगायतका कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ ।  
 

सोमबार २१ फागुन २०८० ०३:२८ PM मा प्रकाशित

प्रतिक्रिया