images

‘१९औँ फेवानवबर्ष महोत्सव’ चैत २९ गतेदेखि

काठमाडौं । ‘१९औँ फेवानवबर्ष महोत्सव’यही चैत २९ गतेदेखि सुरु हुने भएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मलेनको आयोजनागर्दै होटल संघ,पोखरा नेपालले ‘१९ औं फेवानवबर्ष महोत्सव’ २०८१ यही चैत २९ गतेदेखि हुने जानकारी दिएको हो  । ‘पर्यटन संस्कृति र खाना’भन्ने नाराका साथ फेवातालको किनारस्थित स्थानीय ड्यामसाइड चोक देखि खहरेचोकसम्मको सडकमा विविध सांस्कृतिककार्यक्रम सहितमहोत्सवआयोजना गर्ने आयोजकले प्रेस विज्ञप्ति सार्वजनिकगर्दै जानकारी दिएको हो । ‘पोखरालाई पर्यटकीय राजधनी घोषणा गरिए पश्चात् आयोजनाहुनगईरहेको यस १९ औं फेवानवबर्ष महोत्सवको तयारीमा संघ जुटेको पनियहाँहरुलाई विधितै छ । यही चैत २९ गते देखि आगामी वैशाख १ गतेसम्म फेवातालको किनार स्थित स्थानीय ड्यामसाइड चोक देखि खहरेचोकसम्मको सडकमा विविध सांस्कृतिककार्यक्रम सहितमहोत्सव वृहत रुपमाआयोजना गरिने छ ,’ विज्ञप्तिमा भनिएको छ ।

नेपाली मौलिक संस्कृतिको संरक्षण र परम्परागत नेपालीखानाको प्रबर्द्धन गर्ने मुख्य उद्धेश्यले महोत्सवको आयोजना गर्न लागिएको संघले जनाएको छ । आयोजककाअनुसार कोभिड १९ पश्चात् पुर्ववत् अवस्थामा संचालनहुननसकीथला परेको होटल तथा पर्यटन व्यवसायलाई पुरानै लयमाफर्काउँदै आन्तरिक एवं बाह्य पर्यटन प्रबर्द्धन गर्ने पनिअर्को उद्धेश्य महोत्सवले लिएको छ । महोत्सवको तयारीकालागि २१ वटा विभिन्न समिति गठन गरी एरिया संयोजक समेत तोकिएको छ । विविध सांस्कृतिकझाँकी, नृत्य र खानाका स्टल पनिमहोत्सवमा समेटिने छन्भनेगोर्खा ब्रुअरीको मुख्यप्रायोजन रहेको महोत्सवलाई पोखरा महानगरपालिका र पर्यटन बोर्डले प्रवर्द्धन गरेका छन् ।

बिहीबार २२ चैत २०८० ०८:१९ AM मा प्रकाशित

प्रतिक्रिया