बलिवुड फिल्म वार-२ मा एनटीआरको इन्ट्री

काठमाडौँ - बलिवुडमा २०१९ मा रिलिज भएको फिल्म 'वार' को सिक्वेल घोषणा गरिएको छ ।

ऋतिक रोशन र टाइगर सराफ अभिनित वारको सिक्वेलमा भने टाइगरको ठाउमा दक्षिण भारतीय चर्चित अभिनेता एनटीआर जुनियरको इन्ट्री भएको छ ।

यश राज फिल्म्सले वार-२ को घोषणा गर्दै यस फिल्ममा ऋतिक र एनटीआर जुनियरको अभिनय हुने जनाएको छ ।

 

आरआरआर फेम एनटीआरको बलिवुडमा यो पहिलो फिल्म हुने छ । दक्षिण भारतको फिल्म बजारलाई समेटन वार-२ मा एनटीआरको इन्ट्री भएको बुझिएको छ ।

यस फिल्मलाई आयान मुखर्जीले निर्देशन गर्ने छन् । फिल्ममा अन्य कलाकारको बारेमा जानकारी दिइएको छैन ।

 

 

२०१९ मा रिलिज भएको वारले बक्स अफिसमा शानदार कमाई गरेको थियो । फिल्मले ३१७ करोड कमाई गरेको थियो ।

 

 

(खरिबोट )