images

आयरल्याण्ड उल्भ्सविरुद्ध नेपालको दोस्रो खेल आज 

काठमाडौं । काठमाडौंमा जारी एकदिवसीय शृंखलाअन्तर्गत आज नेपालले आयरल्याण्ड उल्भ्सविरुद्ध दोस्रो खेल खेल्दैछ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ः३० बजेदेखि शुरु हुनेछ। 
यसअघि बुधबार भएको पहिलो खेलमा आयरल्याण्डले नेपाललाई २१ रनले पराजित गर्यो । बुधबार खराब प्रर्दशन गरेको नेपाल एलाई आजको खेल जितेर शृंखला बराबरी गर्नुपर्ने दबाब छ ।
शृंखलाको अन्तिम खेल भने आइतबार हुनेछ।

नेपाल ‘ए’ सँगको खेलअघि आयरल्याण्ड उल्भ्सले नेपाली राष्ट्रिय क्रिकेट टिमसँग पनि दुई ट्वान्टी–२० क्रिकेट खेलेको थियो। दुवै खेलमा उल्भ्सलपराजित भएको थियो । तर, नेपाल ‘ए’सँग तीन टी–२० सिरिज हुँदा आयरल्यान्डले २–१ ले जितेको थियो ।
 

शुक्रबार​ २३ चैत २०८० ०८:०४ AM मा प्रकाशित

प्रतिक्रिया