काठमाडौं । गौरी शंकर एग्रो इन्डष्ट्रिजले चालु आर्थिक वर्षको ६ महिनामा १ अर्ब ४ करोड ९० लाख रुपैयाँको व्यापार गरेको छ ।सन् २०२२ मा स्थापना भइ पशुपन्छीकालागि दाना उत्पादन गरी नेपाली बजारमा बिक्री गर्दै आएको उक्त कम्पनीले गत आर्थिक वर्षमा २ अर्ब २८ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यस्तै, कम्पनीले सन् २०२३ मा १ अर्ब ४५ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो ।पूर्वी नेपालको सुनसरी जिल्लामा स्थापना भएको यस कम्पनीले ब्रोइलर कुखुरा, गाइवस्तुको र माछाको दाना उत्पादन गर्दै आएको छ । कम्पनीसँग हाल वार्षिक १ लाख ४४ हजार मेट्रिक टन दाना उत्पादन गर्ने क्षमता छ ।स्थापित अविनाश समूहको हिस्सा यो कम्पनी अविनाश समूहका संस्थापक गुणचन्द्र विष्टद्वारा प्रवद्र्धित कम्पनी हो । विष्टको कुखुरा उद्योगमा तीन दशकभन्दा बढीको अनुभव छ । अविनाश समूह कुखुरापालन, एलपीजी, ऊर्जा, धातु र व्यापारसहितका क्षेत्रहरुमा बलियो उपस्थिति भएको एक स्थापित समूह हो ।यस समूहसँग कुखुरापालन व्यवसायमा केन्द्रित बलियो एकीकृत समूह छ । जसले व्यवसायको वितरण पक्षहरू र ब्रान्ड पहिचानमा तालमेल उत्पन्न गर्ने अपेक्षा गरिएको छ । यस कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ४ अर्ब २५ करोड ७७ लाख रुपैयाँको रेटिङ गराएको छ ।
प्रतिक्रिया