images

वातावरण विनासको मुख्य कारक मानव समुदाय हो स् प्रदेश प्रमुख देवकोटा 

काठमाडौं । बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले वातावरण विनासको मुख्य कारक मानव समुदाय रहेको बताएका छन् । बिहिबार विश्व वातावरण दिवसको शुभकामना सन्देश दिदै उनले मानवका गलत क्रियाकलापहरुले मानव अस्तित्व नै संकटमा पर्ने खतरा उत्पन्न भएको बताएका हुन् । ‘जलवायु परिवर्तन, पृथ्वीको तापक्रममा वृद्धि, पानीका स्रोत र माटोमा प्लाष्टिकको जालो, वनविनासजस्ता क्रियाकलापले पृथ्वीका अरु प्राणीलगायत मानव अस्तित्व नै संकटमा पर्ने खतरा उत्पन्न भएको छ । वातावरण विनासको मुख्य कारक मानव समुदाय हो,’ उनले सन्देशमा भनेका छन् । 
उनले अब पनि नसच्चिए अन्तिम मानवले पुस्ताले पुर्खा धिक्कार्दै मानव अस्तित्व इतिहासमा मात्र रहने अवस्था आउने बताए । प्रदेश प्रमुख देवकोटाले प्लाष्टिकको बढ्दो प्रयोगले वातावरणीय प्रदुषण र वातावरणीय असन्तुलनको डरलाग्दो परिणामहरु निम्त्याएको बताए । ‘प्लाष्टिकको बढ्दो प्रयोगले वातावरणीय प्रदुषण र वातावरणीय असन्तुलनको डरलाग्दो परिणामहरु निम्त्याएको छ । यसले पृथ्वीको पारिस्थितिक प्रणालीमा नकारात्मक प्रभाव पारेको छ । पानी, वायु र जमिनको प्रदुषण बढाएर प्लाष्टिकले पृथ्वीलाई कुरुप, असुरक्षित र डरलाग्दो अवस्थातिर धकेलिरहेको छ । यसले जैविक विविधतामा संकट निम्त्याएको छ,’ उनले सन्देशमा भनेका छन् ।  
 

बिहीबार २३ जेठ २०८२ ०५:१८ PM मा प्रकाशित

प्रतिक्रिया