काठमाडौँ - नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबार सुनको मूल्य प्रति तोला १ लाख १० हजार ६ सय रुपैयाँ कायम भएको छ ।
मंगलबार प्रति तोला १ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भई रहेको छापावाला सुन आज २ सय रुपैयाँले बढेर प्रति तोला १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुनको मूल्य १ लाख ९ हजार १० सय ५० रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ८० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रति तोला ५ रुपैयाँले बढेको छ। मंगलबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।