काठमाडौं । स्वदेशी निजी क्षेत्रबाट निर्माण हुन लागेको अहिलेसम्मकै सबैभन्दा ठूलो जलविद्युत् आयोजना – ३४१ मेगावाट क्षमताको बूढीगण्डकीमा लगानी जुटेको छ ।आंशिक–जलाशय प्रकृतीको यो आयोजना निर्माणका लागि १० वटा बैंक तथा वित्तीय संस्थाले ७० अर्ब रुपैयाँ लगानी गर्ने टुङ्गो लागेको छ । नेपाल इनभेष्टमेन्ट मेगा बैंकको नेतृत्वमा नबिल बैंक, लक्ष्मी सनराइज बैंक र ग्लोबल आइएमई बैंक सह–नेतृत्वकर्ताका रूपमा रहनेछन् । अन्य ६ बैंक तथा एचआइडिसिएल समेतको संयुक्त लगानी रहनेछ ।आयोजनामा कुल ७० अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ, जसमा ७५५ ९५२।५० अर्ब० बैंकमार्फत र २५५ ९१७।५० अर्ब० स्वपुँजी रहने आयोजनाका लगानीकर्ता मध्येका एकसुशील थापाले बताए । उनका अनुसार साहास ऊर्जाले ५१५ ९८।९२५ अर्ब० स्वपुँजीको नेतृत्व गर्नेछ, जसको सहायक कम्पनी टाइम्स इनर्जी प्रालि आयोजना प्रवद्र्धक हो ।गोरखाको चुम नुब्री र धार्चे गाउँपालिकामा निर्माण हुने आयोजना पिकिङ रन अफ दि रिभर ९पी–आरओआर० प्रकारको हुनेछ, जहाँ दैनिक ५ घन्टा विद्युत् उत्पादन हुने गरी जलाशय बनाइनेछ । भूमिगत विद्युत् गृहमा ५७ मेगावाट क्षमताका ६ वटा पेल्टन टर्बाइनमार्फत विद्युत् उत्पादनगरिनेछ । कम्पनीले २०८७ पुस १५ गतेदेखि व्यावसायिक उत्पादन गर्ने लक्ष्य लिएको छ, जसबाट वार्षिक १८६७ गिगावाट घन्टा विद्युत् उत्पादन हुनेछ । उक्त विद्युत् ४५ किलोमिटरको २२० केभी प्रसारण लाइनमार्फतएमसिसीद्वारानिर्माणाधीन रातमाटे सबस्टेसनमा जोडिनेछ । यो आयोजना निजी क्षेत्रको तमोरमा भइरहेको २८५ मेगावाटको परियोजनाभन्दा पनि ठूलो रहेको छ, जसले नेपालको ऊर्जाक्षेत्रमा नयाँ कीर्तिमान राख्नेछ ।
प्रतिक्रिया